२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: ‘बयान’ दिन पुगेका पूर्वमन्त्री जोशीलाई सीआईबीले फिर्ता पठायो



अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीले आज बयानका लागि पूर्वमन्त्री चन्द्रदेव जोशीलाई बोलाए पनि वयान नलिई फर्काएको छ ।

सीआईबीले तत्काल बोलाएपछि आफू झरीमा रुझ्दै स्कुटरमा गएको तर पुगेपछि ‘अहिले फर्कनुहोस् पछि बोलाउँछु’ भनेर जानकारी गराएको जोशीले न्यूजपोलारलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘पहिलो पटक सिबिआइ प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरी अहिले नआउनु भनि खबर आयो । आज फेरी बोलाए बमोजिम सवा १ बजे सीबीआइ कार्यालय पुगेको थिए । तर बयान नलिइ फेरी बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन ।’

यसअघि सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा बाबुराम भट्टराईको भने उहाँहरुको अनुकुल स्थानमा पुगेर केही ‘सोधेको ‘जनाएको थियो ।