९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिया पिउन डोरीमा झुण्डिएर जानुपर्ने भिरमा अड्किएको पसल



अ+ अ-

एजेन्सी । संसारमा धेरै अनौठा ठाउँहरू छन् जसको बारेमा थाहा पाउँदा अचम्म लाग्न सक्छ । अहिले सामाजिक सञ्जालमा एउटा अनौठो पसलको तस्बिर भाइरल भइरहेको छ जसले मानिसहरूलाई छक्क पारेको छ ।

तपाईंले मैदानदेखि उच्च पहाडी चुचुराहरूमा पसलहरू देख्नुभएकै होला । तर के तपाईंले कहिल्यै पसल हावामा झुण्डिरहेको देख्नुभएको छ ?

तपाई सोच्दै हुनुहुन्छ कि यो कसरी हुन सक्छ ? तपाईलाई पत्यार पनि लाग्दैन तर तस्बिरमा पसल हावामा झुण्डिएको देख्न सकिन्छ । तपाईले अहिलेसम्म यस्तो पसल देख्नु भएको छैन होला । भिरमा हावामा झुण्डिएको संसारको यो एक मात्र पसल हो । संसारको यो अनौठो पसल चीनमा अवस्थित छ । सबैभन्दा अचम्मको कुरा यो ३ सय ९३ फिटको उचाइमा हावामा झुण्डिएको छ ।

पसलमा चिया पिउन, डोरीमा चढेर साहसिक कार्यको आनन्द लिन सकिन्छ । यो चीनको हुनान प्रान्तको सिन्युझाई राष्ट्रिय भूवैज्ञानिक निकुञ्जमा अवस्थित छ । भिरमा एउटा सानो काठको बक्स झुण्डिएको छ । यो स्टोरलाई विश्वको सबैभन्दा असुविधाजनक सुविधा स्टोर भनिएको छ ।

सिन्युझाई नेशनल जियोलोजिकल पार्कको पहाडको छेउमा झुण्डिएको काठको झुपडी सानो देखिन सक्छ, तर यो पूरै पसल हो । सामाजिक सञ्जालमा भाइरल पसलको फोटो देखेर मानिसको मनमा एउटै प्रश्न छ कि यसमा के पाइन्छ ? यति उचाइमा पसल बनाउनुको कारण के हो ?

मिडिया रिपोर्टहरूका अनुसार यो चिया पसलले पर्वतारोहीहरु जो पहाड उक्लिने क्रममा केहीबेर थकाई मार्न चाहन्छन् उनीहरुका लागि चियाखाजा उपलब्ध गराउँछ ।