२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

५६ करोड ऋण लिएका सनी देओलको घर लिलाम गर्ने निर्णय २४ घण्टामै फिर्ता



अ+ अ-

एजेन्सी । बैंक अफ बडोदाले बलिउड अभिनेता तथा बीजेपी सांसद सनी देओलको जुहू बंगलाको लिलामीको सूचना २४ घण्टाभित्र फिर्ता लिएको छ ।

बैंकले सोमबार पत्रपत्रिकामा खण्डन गर्दै प्राविधिक कारणले यो सूचना फिर्ता लिइएको जनाएको छ । साथै, सनी देओलको सम्पत्ति लिलामी नहुने पनि जनाइएको छ ।

यसअघि आइतबार प्रकाशित सूचना अनुसार सनीले ५६ करोड रुपैयाँ ऋण लिएका थिए, जुन उनले तिर्न सकेनन् । ऋण नतिरेपछि बंगलाको लिलामीको मिति पनि २५ सेप्टेम्बरमा दिइएको थियो ।

बैंकले सनीबाट ऋण असुलीको सूचना समेत प्रकाशित गरेको थियो । यसमा सनीको जमानतमा बुबा धर्मेन्द्रको नाम पनि लेखिएको थियो ।

बलिउड अभिनेता तथा पञ्जाबको गुरदासपुरका बीजेपी सांसद सनी देओल फिल्म गदर–२ लाई लिएर अहिले चर्चामा छन् । कमाईका मामलामा फिल्मले चार सय करोडको आंकडा नजिक पुगेको छ । यसैबीच बैंकले उनलाई ५६ करोड रुपैयाँ ऋण नतिरेको भन्दै नोटिस जारी गरेको थियो ।

सनी देओलको वास्तविक नाम अजय सिंह देओल हो । उनी २०१९ देखि पञ्जाबको गुरदासपुर सिटबाट बीजेपी सांसद हुन् । उनले तत्कालीन कांग्रेस नेता सुनिल जाखरलाई पराजित गरेका थिए । अभिनेता विनोद खन्ना लामो समयदेखि यस सिटबाट भाजपा सांसद थिए ।