२१ श्रावण २०८३, बिहीबार
,
Latest
धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट कालासागरको सुरक्षा जोखिमका बीच टर्कीका जलमार्गबाट ६ महिनामा ४० हजारभन्दा बढी जहाजको आवतजावत चीनद्वारा समुन्द्री सतहबाट दुई उपग्रहको सफल प्रक्षेपण यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कांग्रेसको नीति प्रतिष्ठानमा थप ६ उपसमिति गठन बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने धनुषामा गतआवमा ५७ किमी सडक ढलान नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको सेटिङमा नै सुन तस्करले लिएका थिए नागरिकता



अ+ अ-

काभ्रे । सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान शुरू गरेको छ । आइतबार साँझसम्म काभ्रे जिल्ला प्रशासन कार्यालयबाट ५ जना विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको भेटिएको छ ।

६० किलो सुन तस्करीको योजनाकारमध्येका एक दावा छिरिङलगायत ५ जना विदेशी नागरिकलाई नागरिकता दिन कर्मचारीकै गिरोहसमेत सक्रिय भएको देखिएको छ । दावाले माथिदेखि तल कर्मचारीसम्ममा नै सेटिङ गरेर नागरिकता हत्याएको देखिएको छ ।

तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारीका रूपमा शिव सिंखडा कार्यरत हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा कार्यरत तत्कालीन समयका अधिकृत भूपेन्द्र पाण्डेय हाल लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । उनी अहिले उपसचिव छन् । अर्का अधिकृत झपेन्द्रराज खरेल छन् । उनकै हस्ताक्षरबाट निमा र पासाङका नाममा नागरिकता जारी भएको छ । खरेल हाल मेलम्ची नगरपालिकाको सूचना अधिकृत छन् । उनकै हस्ताक्षरमा अधिकांश नागरिकता जारी भएका छन् ।

सोही फाँटमा कार्यरत नायब सुब्बा रामचन्द्र अर्याल थिए । अनुसूची गायब बनाउँदै विदेशी र स्वदेशीलाई नक्कली कागजात तयार गरी नागरिकता वितरणमा मुख्य भूमिका उनको देखिन्छ । उनी हाल काठमाडौं गुर्जुधारास्थित यातायात कार्यालयमा कार्यरत छन् । उनीहरूले सम्पन्न गरेको कार्य गर्ने कम्प्युटर अपरेटर हीराकाजी तामाङ थिए ।

एकपटक कारबाहीमा परेका उनी अस्थायी थिए । जिल्ला प्रशासन कार्यालय काभ्रेमा रहँदा उनलाई कारबाही गरेर फेरि राजनीतिक संरक्षणमा काममा फर्किएका थिए ।

पछि उनले लोकसेवा आयोगबाट नाम निकालेर मण्डनदेउपुर, तेमाल हुँदै हाल चौंरीदेउराली गाउँपालिकाको वडानम्बर १ को सचिवको जिम्मेवारीमा छन् । नागरिकता टाइप गर्ने र सेटिङ मिलाउने अभियानमा उहाँ पनि संलग्न रहेको स्रोतको दाबी छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।