४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

पुस्ता हस्तान्तरण नहुँदा मौलिक संस्कृति संरक्षणमा चुनौती

पुस्ता हस्तान्तरण नहुँदा मौलिक संस्कृति संरक्षणमा चुनौती
अ+ अ-

ढोरपाटन । आजभोलि बागलुङ बजारमा दिनदिनै एउटा अचम्मको नाच देखिन्छ । बजारको चोक–चोक र गल्लीगल्लीमा केही मान्छे बाजा बजाउँछन्, केही झ्याली पिट्छन् त केही मुखुण्डोसँगै रङ्गीविरङ्गी कपडा लगाएर नाच्छन् । नाच्ने मान्छेको अनुहार मुखुण्डोले छोपिएको हुँदा चिन्न सकिदैन ।

यस्तो नाच हेर्नेको बजारमा भीड देखिन्छ । साउने चर्तुदर्शीदेखि सुरु भएको उक्त नाच तीजको दिनसम्म नाचिन्छ । यसलाई नेवार समुदायले ‘लाखे नाच’ भन्छन् । रहेक वर्ष यसै समयमा नाचिने लाखे नाच खासमा आकर्षक र अनौठा दृश्य देख्न पाइन्छ ।

“पहिले–पहिले लाखे नाच्ने र बाजा बनाउनेको सङ्ख्या पनि ठूलो हुन्थ्यो । पछिल्लो समय निकै कम भएको छ”, स्थानीय ७३ वर्षीय मुकुण्ड शाक्यले भन्नुभयो, “खासगरी नेवार समुदायले नाच्ने यस नाच कहिलेबाट सुरु भएको भन्ने यकिन छैन ।” करिब तीन सय वर्ष अगाडि काठमाडौँ, भक्तपुर, पाटनलगायतका स्थानबाट नेवार समुदाय बागलुङमा आउँदा उतैबाट यसको प्रचलन ल्याएका भन्ने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बागलुङमा नेवारबाहेक अन्य समुदायले लाखे नाच्ने गरेको पाइँदैन ।

नेवार समुदायसँग सम्बन्धित उक्त नाचलाई बागलुङ शाक्य समाजले संरक्षण गर्दै आएको शाक्यले जानकारी दिनुभयो । नाच्ने तथा बजाउने कलाकार बजारमा टिकाउन नसक्दा लाखे नाच संरक्षणमा निकै चुनौती देखिएको उहाँको भनाइ थियो । “केही समय अगाडिसम्म चतुर्दशीदेखि तीजसम्म दिनदिनै बजारमा नाच देखिने गरे पनि अहिले त्यत्ति देखिदैन”, उहाँले भन्नुभयो, “यसअवधि बाहेक विभिन्न मेला महोत्सवमा पनि नेवार समुदायले लाखे नाच प्रदर्शन गर्ने गर्छन् ।”

पछिल्लो समय युवा पुस्ताले यस नाचप्रति चासो नदिँदा संरक्षण गर्न समस्या भइरहेको मुकुण्ड शाक्यले बताउनुभयो । उहाँले आफ्ना पाका पूर्खाले जोगाउँदै आएको संस्कृतिलाई यहाँसम्म ल्याइपुर्‍याउँदा निकै चुनौती भएको बताउँदै आफ्ना पालामा नाच्ने, बजाउने कलामा धेरै युवामा पुस्ता हुने गरेकामा अहिले नयाँ पुस्ताको सहभागिता हराउँदै गएको बताउनुभयो । पुराना कला भएका व्यक्तिबाट नयाँ पुस्तालाई सिक्नका लागि शाक्य समाजले पहल गरेको भन्दै नाच संरक्षणका लागि बागलुङ नगरपालिकालाई आग्रह गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको शाक्यले गुनासो गर्नुभयो । पुस्ता हस्तान्तरण भए लाखे नाच अझै दशकौँसम्म रहिरहने उहाँको भनाइ छ ।

“अहिलेसम्म शाक्य समाजले संरक्षण गर्दै आएको छ । खर्चिलो भएर होला निकै समस्या भइरहेको छ । अहिले एक/दुईजना युवा छन्, ती कतै गए भने नाच रोकिन्छ, मान्छे टिकाउन गाह्रो भयो, नगरपालिकासँग सहयोग माग्यौँ तर भएन,” शाक्यले भन्नुभयो, “लाखे नाचको चार ताल हुन्छ, एउटा ताल लोप भइसक्यो, अहिले तीन तालमा मात्रै नाचिन्छ । अब क्रमैसँग ताल लोपहुँदै जान थालेका छन्, अन्य ठाउँको भन्दै बागलुङको नाच निकै उत्कृष्ट छ । यहाँको जस्तो मुकुण्डो कतै पनि लगाइदैँन । अबको मुख्य समस्या भनेको बजाउने र नाच्ने मान्छे कै अभाव हो ।”

स्थानीय लालचन्द्र राजभण्डारीले नयाँ पुस्ताले चासो नदिँदा लाखे नाच लोपोन्मुख अवस्थामा पुगेको गुनासो गर्नुभयो । तीन/चार सय वर्ष भन्दा अगाडिदेखि नाच्दै आएको अनुमान गरिए पनि यसको सुरु कहिले भएको भन्ने यकिन नभएको उहाँको भनाइ थियो । नेवार समुदायमध्य पनि शाक्यहरुले लनखे नाच बढी नाच्ने प्रचलन रहेको राजभण्डारीले बताउनुभयो । अहिले बजारमा नाचिने लाखे पहिलेको तुलनामा निकै कमजोर भएको उहाँको ठम्याइ थियो ।

“पहिलेका कलाकार निकै राम्रो नाच्थे, बाजाको ताल उस्तै राम्रो हुन्थ्यो, अहिले त नाच्ने, बजाउने नयाँ सिकारु इुवा भएर होला पहिलाको जस्तो रमाइलो छैन”, राजभण्डारीले भन्नुभयो, “बुढापाकाले जस्तो नाच्न र बजाउन जान्दैनन्, केही युवाले संस्कृति जगेर्णा गर्न खोजेका छन् । एक्लैको प्रयासले हुँदैन, स्थानीय सरकारले पनि कला, संस्कृति र पूरा सम्पदा संरक्षणमा ध्यान दिनुपर्छ ।”

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सदियौँदेखि मनाउँदै आइएका स्थानीय मौलिक कला, संस्कृति, मेला पर्व, परम्परा र वेषभूषाको संरक्षण एवं सम्वद्र्धन र प्रचारप्रसार गर्न नगरपालिकाले योजना बनाएको बताउनुभयो । उहाँले केही समयमै नगर पर्यटन विकास समिति गठन गर्ने र त्यसमार्फत सबै संस्कृतिलाई पर्यटनसँग जोड्ने बताउनुभयो ।

आगामी वर्षदेखि लोपोन्मुख अवस्थामा रहेका संस्कृति संरक्षणका लागि समुदायसँग सहकार्य गरेर तालिम तथा प्रशिक्षण दिएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने गरी काम थालिने उपप्रमुख खड्काले बताउनुभयो । “यस नगरभित्र थुप्रै कला संस्कृति, रीतिरिवाज र परम्परा छन् । त्यसमध्ये कतिपय हराउँदै गएका छन् । हराउँदै गएका संस्कृतिलाई कसरी संरक्षण गर्न सकिन्छ, नयाँ पुस्तामा हस्तान्तरणका लागि के गर्न सकिन्छ भनेर योजना बनाउदैछौँ”, उहाँले भन्नुभयो, “यसका लागि बजेटको व्यवस्थापन गर्ने र सबैलाई पर्यटनसँग जोड्ने नीति बनाउँदै छौँ ।” पर्यटनसँग जोडेर योजना अगाडि बढाउदा यस्ता परम्परा छिट्टै लोप भएर जाने सम्भावना घट्ने उहाँको भनाइ थियो । रासस