५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.14

Wind: 1.03

Humidity: 34

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुदैँछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहको छ ।

आईतबार छापावाल सुन प्रति तोलामा एक सय रुपैयाँले घटेर एक लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन एक लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार सात सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार उक्त सुन एक लाख नौ हजार आठ ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी शुक्रबारकै मूल्यमा यथावत रहि प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।