१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

टिकाथलीदेखि रत्नपार्क, कलंकी र नागढुंगासम्म चन्द्रागिरीको बस सेवा शुरु

टिकाथलीदेखि रत्नपार्क, कलंकी र नागढुंगासम्म चन्द्रागिरीको बस सेवा शुरु
अ अ+ अ-

ललितपुर । सार्वजनिक यातायात सेवामा वडावासीको सरल र सहज पहुँचको माग पुरा गर्दै महालक्ष्मी नगरपालिका वडा नं ५ ले चन्द्रागिरी यातायात सेवा प्रालिसंग सहकार्य गरी शनिबारदेखि सो वडाको गोदावरी पुलदेखि रत्नपार्क हुँदै कलंकी र नागढुंगासम्म सार्वजनिक बस सेवा शुरु गरेको छ ।

शनिबारदेखि शुरु भएको चन्द्रागिरी यातायात सेवा प्रालिमा आवद्ध दैनिक ३० वटा यात्रुवाहक बस टिकाथलीको गोदावरी पुल (अन्तिम विसौनी) हुँदै इमाडोलको भगवती मन्दीर, जडिबुटी, कोटेश्वर, बानेश्वर, माइतीघर, रत्नपार्क, त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै नागढुंगासम्म आवत जावत गर्ने छ । ती बसहरु यात्रुको चाप हेरि हरेक ५ देखि १० मिनेटमा छुट्ने बताइएको छ ।
सो वडाका वडाध्यक्ष एवम् अधिवक्ता कपिल केसीले शनिबार अपरान्हदेखि टिकाथली गोदावरी पुलस्थित अन्तिम बस विसौनीमा आयोजित एक कार्यक्रममा रिवन काटेर सो सार्वजनिक यातायात सेवाको शुभारम्भ गरेका थिए ।

हिजो शुक्रबार मात्रै चन्द्रागिरी यातायात सेवा प्रालिका अध्यक्ष गौतम श्रेष्ठ लगायत पदाधिकारी र महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष एवम् पदाधिकारीवीच सो वडाबाट नागढुंगासम्म सार्वजनिक बस सेवा सञ्चालन गर्ने विषयमा दुईपक्षिय लिखित समझदारी भएको वडा सदस्य निरोज महर्जनले बताए ।

यसअघि सो मार्गमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको शुभकामना यातायात सेवाले साउन १५ देखि सो मार्गमा बस सेवा सञ्चालन बन्द गरेपछि अप्ठेरोमा परेका स्थानीय वासिन्दाको मागलाई सम्वोधन गर्दै चन्द्रागिरी यातायात सेवा प्रालिसंग सहकार्य गरि बस सेवा सञ्चालन गरेको वडाध्यक्ष कपिल केसीले बताए ।

चन्द्रागिरी यातायात सेवा प्रालिका अध्यक्ष गौतम श्रेष्ठले सो समितिमा आवद्ध बसले सबै यात्रुलाई समान व्यवहार गर्दै यात्रुलाई कुनै गुनासो हुन नदिई निरन्तर सेवा दिने वचनवद्धता व्यक्त गरे ।


त्यस अवसरमा लालीगुराँस महिला शसक्तिकरण समाजकी अध्यक्ष ललिता खनियाले सार्वजनिक यातायात सेवाले स्थानीयवासिन्दालाई विभिन्न ठाउँमा आउन जान सहज हुने बताँइन् ।
सार्वजनिक यातायात सेवा शुभारम्भ गरेलगत्तै वडाध्यक्ष तथा वडाका पदाधिकारी, सो यातायात सेवा प्रालिका अध्यक्ष गौतम श्रेष्ठ तथा अरु पदाधिकारीहरु र स्थानीयवासीहरुले गोदावरी पुलदेखि इमाडोलको भगवती मन्दीरसम्म नि:शुल्क बसयात्रा गरि सोही ठाउँमा फर्केका थिए ।

गत बैशाखदेखि नेपाल यातायातको सार्वजनिक बस सेवा महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथलीस्थित राधाकृष्ण खानेपानी ट्यांकी नजिक मोतिमार्गदेखि कोटेश्वर, पुतलीसडक, नक्साल, महाराजगञ्ज हुँदै चावहिलसम्म चल्न शुरु भईसकेको छ ।

यी दुवै सार्वजनिक यातायात सेवा सञ्चालन भएपछि अब टिकाथली, इमाडोल र बालकोटका वासिन्दालाई समेत निकै सहज हुने बताइएको छ ।