४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब
अ+ अ-

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नहुने भएको छ । पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने निर्णय भएकोमा उनीहरूमाथि थप अनुसन्धान नगर्ने दिशामा सिआइबी पुगेको छ ।

सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएको अवस्थामा सरकारकै कारण दुई पूर्वप्रधानमन्त्री तत्काललाई अनुसन्धानको दायरामा नआउने भएका हुन् ।

सिआइबीले पूर्वप्रधानमन्त्रीद्वयलाई अनुसन्धानका लागि बयान नलिएको भनिए पनि सरकारको दबाबका कारण अनुसन्धान प्रक्रिया रोकिएको हो । पूर्वप्रधानमन्त्रीद्वयलाई बयानका लागि बोलाइने भनिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्रीको दबाबमा सिआइबी दुई पूर्वप्रधानमन्त्रीको बयान लिनबाट पछि हटेको उच्च स्रोतले बतायो ।

सिआइबीले बयानमा बोलाए नेपाल र भट्टराई अनुसन्धानमा सघाउन तयार रहेको सार्वजनिकरूपमा अभिव्यक्ति समेत दिएका थिए । भट्टराईले सार्वजनिकरूपमा आफू अनुसन्धानमा सघाउन तयार रहेको अभिव्यक्ति दिएका थिए । ललिता निवास प्रकरणकै कारण पूर्वप्रधानमन्त्री नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए । उनले पार्टीको कामको सिलसिलामा भन्दै युरोप भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री नेपाल गत सोमबार बिहान नेपाल फर्किएका थिए ।

यही प्रकरणगत विमानस्थलमा पत्रकारसँग बोल्ने क्रममा उनले आफूलाई विदेशमै लुक्न लागेको आरोप लगाएपछि युरोप भ्रमण छोट््याएर फर्किएको प्रतिक्रिया दिएका थिए । ‘चुनौती नदिएसम्म त म चुप लागेर बस्छु । चुनौती दिइसकेपछि सिधा सामना गर्छु । म बोल्दिनँ, बोलिसकेपछि तह लगाउनुछ भने तह लगाएरै छोड्छु, परिस्थिति र परिबन्ध त्यस्तै पर्‍यो । त्यस कारणले गर्दा फर्किएर जाँदाको परिस्थिति अर्को हुन्छ,’ विमानस्थलमा उनले भनेका थिए । नेपाल बयानका लागि तयार भएर आए पनि उनीमाथि सिआइबीले बयान लिन सकेन । यो समाचार राजधानी दैनिकमा छ ।