२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकमा ‘अलविदा’ लेखेका वडाध्यक्ष मृत भेटिए



अ+ अ-

काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका छन् ।

शनिबार बिहान घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष घिमिरे मृत भेटिएका हुन् ।

मृत भेटिनुभन्दा केहीबेरअघि घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए ।

‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिताः साथ निभाउन सकिन । मलाई माफ गरे । घर परिवार, साथिभाई शुभचिन्तक सबैसँग माफी चाहन्छु । अल बिदा,’ उनले फेसबुकमा लेखेका छन् ।

उनको पारिवारिक स्रोतका अनुसार शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर फर्किएका थिएनन् ।

उनी नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।