२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले कसैसंग “उन्मुक्ति” को याचना गरेको छैन



अ+ अ-

केही समय यता केही दृश्य-अदृश्य वृत्तबाट चर्चित ललितानिवास जग्गा अपचलन प्रकरणमा मलाई जुन ढंगले जवर्जस्ती मुछ्ने,अपराधी झैं दुष्प्रचार गर्ने,सम्बन्धित निकायले कुनै सोधपुछ/छानवीन नगर्ने र उल्टै “उन्मुक्ति दिने” नाटकीय प्रचारवाजी भैरहेको छ त्यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

ललितानिवास लगायत सबै ठूला भ्रष्टाचार प्रकरणवारे निष्पक्ष छानवीन होस् र दोषीलाई हदैसम्मको सजाय होस् भन्ने कुरा मैले संसद र सार्वजनिक मन्चबाट निरन्तर बताउॅदै आएको छु! साथै त्यस्तो छानवीनमा आफुले जहाॅ,जैले,जसरी पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छु।

मेरो प्रधानमन्त्रीकालमा प्रक्रियागत ढंगले सम्बन्धित मन्त्रालयबाट आएको प्रस्तावमाथि मन्त्रीपरिषदको सम्बन्धित सामाजिक समितिले आवश्यक छानवीन पश्चात् प्रस्तुत गरेको निर्णयप्रस्तावलाई मन्त्रीपरिषद्ले सामुहिक रूपमा स्वीकृति दिएको तथ्य जगजाहेर छ।

मैले सोही ब्यहोराको बयान केही बर्ष पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई दिइसकेको छु। सत्य त्यही हो र अहिले मैले जहाॅ,जोसुकैलाई दिने बयान पनि त्यही हो।

मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग लागेको छैन र कसैले भ्रष्टाचारजन्य आरोप लगाउन सकेको छैन। ललितानिवास प्रकरणमा पनि मेरो कुनै निजी वा पारिवारिक स्वार्थ जोडिएको र गैरकानूनी कार्य भएको कहींकतै कसैले आरोप लगाउन र पुष्टी गर्न सक्दैन।

हाल सिआइबीले गरिरहेको छानवीनको क्रममा पनि मसंग कसैले कुनै सोधपुछ गरेको छैन र मैले कसैसंग “उन्मुक्ति” को याचना गरेको पनि छैन। मेरो स्वविवेक र स्वाभिमानले त्यसो गर्नै दिंदैन।बरू आवस्यक परे आफ्नोतर्फबाट छानवीनमा हरतरहको सहयोग गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिरहेको छु र पुनः अहिले गर्दछु।

यो स्थितिमा केही वृत्तबाट भैरहेको निरन्तर दुष्प्रचारको अर्थ के हो आफ्नो विवेक प्रयोग गरेर निष्कर्षमा पुग्न सबैसंग विनम्र आग्रह गर्दछु। अनि दन्त्यकथाको छट्टुु स्यालले ‘चील आयो चील आयो’ भन्दै सोझा किसानको कुखुरा चोरेको जस्तो यहाॅ नहोस् भन्नेतर्फ सबैको सतर्कता पुगोस् भन्ने कामना गर्दछु!

पूर्व प्रधानमन्त्री डा भट्टराईको फेसबुकबाट




भर्खरै