२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

नेपथ्यको जापान यात्रा: ओशाकामा तेश्रो प्रस्तुतीसँगै यो वर्षको श्रृंखला सम्पन्न

नेपथ्यको जापान यात्रा: ओशाकामा तेश्रो प्रस्तुतीसँगै यो वर्षको श्रृंखला सम्पन्न
अ अ+ अ-

ओशाका । आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुती दिएसँगै लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको छ । अघिल्ला दुइ सहरहरु टोकियो र फुकुओकाजस्तै ओशाकामा पनि नेपथ्य प्रस्तुतीलाई भब्य दर्शक उपस्थितीले साथ दिएको थियो ।

‘यो सहरमा आजसम्म पाँच–छ सयभन्दा बढी नेपालीहरुको जमघट भएको रेकर्ड छैन,’ आयोजक टोलीका सबिन थकाली भन्छन्, ‘१७ सय दर्शकहरु एकैपटक कन्सर्ट हेर्नका निम्ति उपस्थित भएको यो नै आजसम्मकै सबैभन्दा ठूलो नेपाली भेला बन्नपुग्यो ।’

ओशाकाको ‘नाम्बा ह्याच सभागृह’का ढोकाहरु बेलुकी ठीक साँढे पाँच बजे खुला गर्नासाथ दर्शकको उल्लेख्य उपस्थिती सुरुभइसकेको थियो । त्यसको ठ्याक्कै एक घन्टामा शो सुरुभयो ।
गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य टोलीले मञ्च प्रवेश गर्नासाथ पहिलो गीत ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत गरेको थियो ।

कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका अमृतले उपस्थित सबैलाई घरि नेपाल पुगेका बेला डाँडा–काँडाको यात्रा गर्न प्रेरित गरेका थिए भने घरि नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गरेका थिए । ‘यो जिन्दगानी’ गीत प्रस्तुत गर्नुअघि उनले हाम्रो समाज परम्परादेखि परोपकारी चरित्रको रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आव्हान पनि गरे ।

एकवर्ष यता नेपथ्यले सडक आश्रित मानवहरुका निम्ति खाना र बसोबासमा समर्पित मानवसेवा आश्रमसँग सहकार्य गर्दै आएको छ । ‘मानवताको लागि संगीत’ नाम दिएर सुरुभएको त्यो अभियानले नै जापान यात्रामा पनि निरन्तरता पाएको हो ।

कन्सर्ट हेर्नका निम्ति ओशाका मात्र नभइ पर–परसम्मका दर्शक उपस्थित भएका थिए । स्थानीय आयोजकहरुका अनुसार नागोया सहरबाट पनि उल्लेखीय दर्शक आइपुगेका थिए ।
यस्ता दर्शकमा नेपाली मात्र नभइ जापानी अनुहार पनि देखिन्थे ।

तिनैमध्येका एक थिए रियोसुके इमानिशी ।
रियोसुकेको परिवारसँग नेपाली समाजको पुरानो साइनो छ ।

सबैभन्दा पहिले त हाम्रो मुलुकमा रहेको विश्वकै सर्वोच्च शिखरमध्ये पर्ने मनास्लु हिमालमा रियोसुकेका हजुरबुवा तोशियो इमानिशीले नै सबैभन्दा पहिलो मानव पाइला टेकेको रेकर्ड छ ।

‘मलाइ नेपालै पुगेजस्तो महशुस भयो,’ परिवारका साथ आएर कन्सर्ट हेरिसकेपछि रियोसुकेले भने, ‘यस्तो अवसर जुराइदिएकोमा म आयोजकहरुलाई धन्यवाद दिन चाहन्छु ।’
नेपथ्यको प्रस्तुतीमा विशेष गरेर पर्दामा देखाइने नेपालका दृश्यहरु र गायकका बीच मिलेको तालमेलले आफूलाई सर्वाधिक प्रभाव पारेको उनले उल्लेख गरे ।
‘जापान आइपुगेको नेपालको नयाँ पुस्ता नेपथ्यकै कारण खुशीले रोइरहेको चिच्याइरहेको दृश्य देख्न पाइयो,’ रियोसुकेले थपे, ‘नेपालीहरुको यो उत्साहलाई सलाम गर्न चाहन्छु ।’

दर्शकमध्येकै एक थिए नागोयाबाट आएका उज्ज्वल गुरागाइँ । ‘गीत संगीत त छँदैछ,’ उज्ज्वल भनिरहेका थिए, ‘ठ्याक्क समयमा सुरुहुने यत्तिको व्यवस्थित नेपाली कार्यक्रम अरुबेला अनुभव गर्न नपाइने भएकाले पनि नेपथ्य कन्सर्ट छुटाउन मन लाग्दैन ।’

दुइवटा म्यूजिक भिडियो र १६ वटा गीत प्रस्तुत गरिएको कन्सर्ट दुइ घन्टासम्म निरन्तर चलेको थियो । अन्तिममा पुग्नैलाग्दा ‘गाउँ गाउँबाट उठ’ गीतले जताततै उफार्न थालेको दर्शक ‘रेशम’ र ‘तालको पानी’ सम्म आइपुग्दा चरम उत्तेजनामा पुगिसकेका थिए । त्यो उर्जालाई बिहीबार बेलुकीकै अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ले थप अघि बढाएको थियो ।

कार्यक्रममा अमृतलाई ध्रुव लामा (ड्रमसेट), सुरज थापा (किबोर्ड), सुबिन शाक्य (बेस गितार), निरज गुरुङ (गितार) र शान्ति रायमाझी (मादल)ले सघाएका थिए ।

ओशाकामा श्रृंखलाको अन्तिम कन्सर्ट सम्पन्न भएसँगै नेपथ्यको जापान यात्राले यो वर्षका लागि विश्राम लिएको छ ।

‘यो वर्षदेखि हामीले जापानमा पनि श्रृंखलावद्ध कन्सर्टको थालनी गरेका छौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘जापानका दर्शकहरुले तीनवटै कन्सर्टमा देखाएको हौसलाबाट आगामी दिनका लागि हामी थप उत्साही बनेका छौं ।’

जापान यात्रा सम्पन्न भएसँगै १४ सदस्यीय नेपथ्य टोली अब नेपाल फर्कने तयारीमा जुटेको छ ।

फोटो: दिपित राज र नेपालय