१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

एनआरएनए आईसीसी उपमहासचिबमा गिरीको उमेद्वारी

एनआरएनए आईसीसी उपमहासचिबमा गिरीको उमेद्वारी
अ अ+ अ-

काठमाडौँ । एअनआरएनए यूवा अभियन्ता एवं पूर्व एनआरएनए आईसीसी यूवा संयोजक कृष्ण गिरीले आगामी अक्टोबर २०२३ मा हुन गइरहेको गैर आवासीय नेपाली संघको महाधिवेशनमा उपमहासचिब पदमा उमेद्वारी दिने भएका छन् ।

आफनो अनुभब, दक्षता एवं विज्ञतालाई संस्थाको पदीय जिम्मेवारीमा बसी योगदान गर्न सकिने बिश्वासका साथ नयाँ सोच र जोशसहित संस्थाको रुपान्तरणका लागि आफनो उमेद्वारी रहेको उनले बताए । नेपाली डेयासपोरामा रहेका अभियन्ता, अग्रज एवं साथीहरुको सल्लाह सुझाब पछि उपमहासचिब पदमा उमेद्वारी दिने निष्कर्षमा आफू पुगेको गिरीले स्पष्ट गरे ।

सन् २०१३ मै एनआरएनए आईसीसीको कार्यबाहक यूवा संयोजक भएर कार्य गरेका उनले प्रवासमा रहेका दोश्रो पुष्तालाई नेपाल र नेपालीसँग जोड्न गरेको “डलर १ कापी र कलम” परियोजनाले त्यसताका निकै चर्चा र सफता पाएको थियो ।

एनआरएनए क्षेत्रमा गिरी बोल्ने भन्दा बढी काम गर्ने व्यक्तिको पहिचन बनाएका गिरीले एनआरएनए एनसीसी अष्ट्रेलियाको कार्यसमिति सदस्य, सल्लाहकार, आईटी संयोजक, एनआरएनए आईसीसी सातौँ क्षेत्रीय सम्मेलनको सफल आयोजना, सिड्नी नेपाल फेस्टिभल आयोजना, एनआरएनए भवन निर्माण आर्थिक संकलन, सामाजिक कल्याण कोष स्थापना तथा आर्थिक संकलन लगायतका परियोजनामा उल्लेखनीय रुपमा सम्पादन गरेका छन ।

गिरी सन् २०११ देखि निरन्तर आईसीसी र एनसीसीका बिभिन्न समितिमा बसेर कार्यसम्पादन गर्दै आएका छन् । हाल अन्तर्राष्ट्रिय झापाली समाजको सल्लाहकार समेत रहेका उनी झापाली समाज अष्ट्रेलियाको संस्थापक पनि हुन् । बिद्यार्थी जीवनदेखि नै राजनितिमा जोडिएका गिरीमा त्रिचन्द्र क्याम्पस स्ववियूमा कार्य गर्दै जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्ष समेत भएर कार्य सम्पादन गरेको अनुभव छ ।

गैरआवासीय नेपाल संघ पूर्णरुपमा नेपाल सरकार, राजनितिक दल र नेताहरुसँग मिलेर नेपालीका लागि नेपाली नारासहित कार्य गर्नुपर्ने वास्तविकतालाई नजिक बाट बुझेका इन्जिनियर कृष्ण गिरीले संस्थाको आन्तरिक सुधार र नीतिगत कार्यका लागि थप योगदन गर्न सक्ने स्पष्ट देखिन्छ ।

दश बर्ष भन्दा बढी समय नेपाली भिजन अष्ट्रेलियाको प्रकाशक एवं सम्पादक भएर कार्य गरेको अनुभव संगालेका उनमा डिजिटल टेक्नोलोजि एवं आईटिमा दक्षता छ । अष्ट्रेलियान राज्य सरकारको शिक्षा विभागमा आईटी विज्ञका रुपमा कार्यरत गिरीले कोभिडका बेला प्रवासमा रहेका नेपाली समुदाय र अभियन्ताहरुलाई टेक्नोलोजिका माध्यमबाट जोड्न भुगोलले छेक्दैन भन्ने अभियनमा समेत कार्य गरेका थियो ।

सामाजिक कार्य र नेतृत्वदायी भूमिकामा उच्च स्थान बनाएका गिरीलाई अष्ट्रेलियाबाट सबैको सहयोग प्राप्त हुने विश्वास लिएका छन् । यही विश्वासले अन्तर्राष्ट्रिय स्तरमा थप सहयोग र साथ मिल्ने आशा सहित सहयोगका लागि अपिल पनि गरेका छन् ।