२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत व्यवसाय गर्नेका लागि भारतद्वारा १३० अर्ब भारुको नयाँ योजना घोषणा



भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।
अ+ अ-

एजेन्सी । भारत सरकारले साना परम्परागत व्यवसाय गर्ने कालीगढ र शिल्पकारहरुका लागि १३० बिलियन भारु (१.५६ बिलियन अमेरिकी डलर) को नयाँ योजना घोषणा गरेको छ ।

बुधवार भारत सरकारले परम्परागत व्यवसायमा लागेका कालीगढ शिल्पकारहरुका लागि १३० बिलियन भारतीय भारुको नयाँ योजना घोषणा गरेको हो ।

योजनाको प्रमुख उद्देश्य दक्षिण एशियाली देशहरुको शहरी र ग्रामिण क्षेत्रमा रहेका यससँग सम्बन्धित श्रमीकहरुलाई सम्मान पारिश्रमीक दिनु हो । यस योजनाले सिकर्मी, सुनको काम गर्ने, फलामको काम गर्ने, कपाल काट्ने, माला बनाउने, कपडा सिलाउने, माछा मार्ने र जाल बनाउने लगायत १८ परम्परागत व्यपार गर्नेहरुलाई समावेश गर्ने लक्ष्य राखिएको छ ।

यो योजनाले सीप विकासमा ध्यान दिने, बजारीकरणलाई प्राथमिकता दिने पनि बताइएको छ । यस योजनाले परम्परागत सीपको प्रवद्र्धन गर्न मद्दत पुग्ने अपेक्षा छ ।