२१ श्रावण २०८३, बिहीबार
,
Latest
धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट कालासागरको सुरक्षा जोखिमका बीच टर्कीका जलमार्गबाट ६ महिनामा ४० हजारभन्दा बढी जहाजको आवतजावत चीनद्वारा समुन्द्री सतहबाट दुई उपग्रहको सफल प्रक्षेपण यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कांग्रेसको नीति प्रतिष्ठानमा थप ६ उपसमिति गठन बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने धनुषामा गतआवमा ५७ किमी सडक ढलान नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने



अ+ अ-

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने हुनुभएको छ ।

प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ ४ गते दिनको १ बजे प्रदेशसभाबाट विश्वासको मत लिन सयम दिनुभएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री थापाले आज दिउँसो प्रदेशसभा सचिवालयमा नेपालको संविधानको धारा, १६८ को उपधारा ९४० बमोजिम कोशी प्रदेशसभाबाट विश्वासको मत लिन भदौ ३ गते गतेको कार्य सूचीमा समावेश गर्ने गरी प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधन सहितको नियम १२८ को उपनियम १ र २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्तावसम्बन्धी सूचनापत्र दर्ता गराउनु भएको थियो । रासस