२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

जिल्ला प्रहरी प्रशासन काठमाडौंमा चालु आ.व.को साउनमा १ हजार २७५ मुद्दा दर्ता, ७६० पक्राउ

जिल्ला प्रहरी प्रशासन काठमाडौंमा चालु आ.व.को साउनमा १ हजार २७५ मुद्दा दर्ता, ७६० पक्राउ
अ अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले गत आर्थिक वर्षको साउन महिनामा भन्दा चालु आर्थिक वर्षको साउन महिनामा अपराधिक घटनामा वृद्धि भएको बताएको छ ।

शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौंले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ साउन महिनाको कार्य सम्पादनको तुलनात्मक प्रश्तुतीका लागि आयोजना गरेको पत्रकार सम्मेलन तथा मासिक समीक्षा कार्यक्रममा सो तथ्यांक प्रश्तुत गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा साउन महिनामा २ हजार ६५१ जना मानिसहरु सम्पर्कमा आएको बताएको छ । त्यस्तै २ हजार २८२ जनाले टेलिफोन सेवा लिएको, सिसिटिभी जडानमा कालीमाटीको क्षेत्रमा सोल्टी होटलको सहयोगमा १८ वटा जडान गरिएको, हिरासतमा पुस्तकालय राख्ने सम्बन्धमा प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार र कालीमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको बताएको छ ।

२०७९/०८० साउन र २०८०/०८१ साउनको महिनाको अपराधको कसुरमा बैंकिङ कसुर मुद्दामा २०७९/०८० साउनमा ५१६ मुद्दा दर्ता भएको जसमा ८१ जना पक्राउ परेकोमा । २०८०/०८१ मा मुद्दा दर्ता संख्या ५६० रहेकोमा पक्राउ संख्या २१२ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले बताउनु भयो । उहाँले अघिल्लो आर्थिक वर्ष साउनको तुलनामा ४४ वटा मुद्दा दर्ता संख्या बढेको र पक्राउ पर्नेको संख्या पनि बढेको बताउनु भयो । उहाँले अभद्र व्यवहारमा मुद्दा दर्ता २३८ भएकोमा पक्राउ पर्नेको संख्या ३६९ र २०८०/०८१ को साउन महिनामा २७९ मुद्दा दर्ता भएकोमा ४३४ जना पक्राउ परेको बतउनु भयो ।

त्यस्तै चोरी सम्बन्धी कसुरमा चालु आर्थिक वर्षको साउनमा ५५ मुद्दा दर्ता भएकोमा ८२ जना पक्राउ परेका छन् । ठगी सम्बन्धी मुद्दामा चालु आर्थिक वर्षको साउनमा ३५ मुद्दा दर्ता भएकोमा १२ जना पक्राउ परेका छन् । लागु औषध मुद्दामा गत आर्थिक वर्षमा ३० मुद्दा दर्ता भएकोमा ३८ जना पक्राउ गरेको र चालु आर्थिक वर्षको साउनमा ३१ मुद्दा दर्तामा ५१ जना पक्राउ परेको बताउनु भयो । आत्महत्या सम्बन्धी कसुरमा गत आर्थिक वर्षको साउनमा २६ मुद्दा दर्ता हुँदा पक्राउ संख्या शुन्य र चालु आर्थिक वर्षको साउनमा आत्महत्या सम्बन्धी कसुर बढेर ३७ मुद्दा दर्ता भएका छन् भने पक्राउ कोही पनि परेका छैनन् । त्यस्त जबरजस्ती करणीमा गत आर्थिक वर्षको साउनमा २० मुद्दामा २१ जना पक्राउ र यस आर्थिक वर्षको साउनमा ३३ मुद्दा दर्तामा ३४ जना पक्राउ परेका छन् ।

उहाँले भन्नुभयो, ‘जिल्ला प्रहरी परिसर काठमाडौंमा साउन महिनामा २ हजार ६५१ हाम्रो परिसर तथा मातहतमा सम्पर्कमा आउनु भयो । टेलिफोन २,२८२ आए । त्यस्तै सिसिटिभी जडान वृत्त कालीमाटीको क्षेत्रमा सोल्टी होटलको सहयोगमा १८ वटा जडान गरिएको छ । हिरासतमा पुस्तकालय राख्ने सम्बन्धमा प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार र कालीमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको छ । २०७९/०८० साउन र २०८०/०८१ साउनको महिनाको अपराधको कसुरमा बैंकिङ कसुर मुद्दामा २०७९/०८० साउनमा ५१६ मुद्दा दर्ता भएको थियो र त्यसमा पक्राउ संख्या ८१ थियो ।

२०८०/०८१ मा मुद्दा दर्ता संख्या ५६० छन् भने यो अघिल्लो आर्थिक वर्ष साउनको तुलनामा ४४ वटा मुद्दा दर्ता संख्या बढेको छ । पक्राउ संख्या पनि २१२ छ । अभद्र व्यवहारमा मुद्दा दर्ता २३८, पक्राउ ३६९ र २०८०/०८१ को साउन महिनामा २७९ मुद्दा दर्ता भएकोमा ४३४ जना पक्राउ परेका छन् । चोरी सम्बन्धी कसुरमा अघिल्लो आर्थिक वर्षको साउन महिनामा ४९ वटा मुद्दा दर्ता भएकोमा ७९ जना पक्राउ परेको थियो । चालु आर्थिक वर्षको साउनमा ५५ मुद्दा दर्ता भएकोमा ८२ जना पक्राउ परेको छ । ठगी सम्बन्धी मुद्दामा अघिल्लो आर्थिक वर्षको साउनमा २६ मुद्दामा २१ पक्राउ परेका थिए, चालु आर्थिक वर्षमा ३५ मुद्दा दर्ता भएकोमा १२ जना पक्राउ परेका छन् ।

लागु औषध मुद्दामा गत आर्थिक वर्षमा ३० मुद्दा दर्ता भएकोमा ३८ जना पक्राउ गरेको र चालु आर्थिक वर्षको साउनमा ३१ मुद्दा दर्तामा ५१ जना पक्राउ परेका छन् । आत्महत्या सम्बन्धी कसुरमा गत आर्थिक वर्षको साउनमा २६ मुद्दा दर्ता हुँदा पक्राउ संख्या शुन्य थियो । चालु आर्थिक वर्षको साउनमा आत्महत्या सम्बन्धी कसुर बढेर ३७ मुद्दा दर्ता भएका छन् भने पक्राउ कोही पनि छैन । जबरजस्ती करणीमा गत आर्थिक वर्षको साउनमा २० मुद्दामा २१ जना पक्राउ र यस आर्थिक वर्षको साउनमा ३३ मुद्दा दर्तामा ३४ जना पक्राउ परेका छन् ।’

त्यस्तै जुवा सम्बन्धी मुद्दा गत आर्थिक वर्षको साउनमा १५ वटा मुद्दा दर्ता भइ १०१ जनालाई पक्राउ गरेकोमा चालु आर्थिक वर्षको साउनमा १७ वटा मुद्दा दर्ता भएको छ । साथै पक्राउ पर्नेहरुको संख्या ११३ छ । त्यस्तै अन्य अपराधमा गत आर्थिक वर्षको साउन महिनामा ८१ वटा मुद्दा दर्ता भएको थियो भने पक्राउ संख्या ३१ थियो । चालु आर्थिक वर्षको साउन महिनामा अन्य अपराधमा ११९ वटा मुद्दा दर्ता भएकोमा १७८ जना पक्राउ परेका छन् ।

गत आर्थिक वर्षको साउन महिनामा १ हजार ४७ मुद्दा दर्ता भएकोमा ७४१ जना पक्राउ परेका थिए भने चालु आर्थिक वर्षको साउन महिनामा १ हजार २७५ मुद्दा दर्ता भएकोमा पक्राउ पर्नेहरुको संख्या ७६० जना पक्राउ परेका छन् ।