२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

भरतपुर अस्पतालमा कोभिड शय्या र जनशक्ति थप

भरतपुर अस्पतालमा कोभिड शय्या र जनशक्ति थप
अ अ+ अ-

चितवन । भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ । अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार हाल कायम १४५ शय्यामा ५५ थप गरी २०० पु¥याउन लागिएको हो । हाल अस्पतालमा १४५ शय्या भरिएका छन् । अस्पतालको अन्य बिरामीका लागि छुट्याइएको १० शय्याको सघन उपचारकक्षलाई कोभिडका लागि छुट्याइने भएको छ । अन्य बिरामीका लागि पोष्टअपमा व्यवस्थापन गरिँदै छ । पैँतीस शय्याको अब्जर्बेशन वार्ड र क्याबिनका केही शय्या कोभिडका लागि प्रयोग गरिँदै छ । अस्पतालले माग गरेको जनशक्ति व्यवस्थापन गरी दुई दिनभित्रमा शय्या थप गरिँदै छ ।

यसैगरी अस्पतालले स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर १३६ जना जनशक्ति थप गरेको छ । तीमध्ये १०८ नर्स, २४ मेडिकल अफिसर, तीन रेडियोग्राफर र एक बायोइञ्जिनीयर रहेका छन् । उनीहरूलाई करारमा नियुक्त गरिएको अधिकारीले जानकारी दिनुभयो । एक सय आठ नर्समध्ये ८० अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरतबाट र २८ नयाँ नियुक्त गरिएको हो । यस्तै २४ मेडिकल अफिसरमध्ये २१ अस्पतालको दैनिक ज्यालादारीबाट र तीन जना नयाँ लिइएको अस्पतालले जनाएको छ । जिल्लाका अस्पतालमा बिरामीले शय्या पाउन सकेका छैनन् । सघन उपचारकक्ष भरिएका छन् । सघन उपचारकक्षको प्रतीक्षामा बिरामी आकस्मिक कक्षमा रहेका देखिन्छन् ।

जिल्लाका अस्पतालमा अहिले ४३० बिरामी उपचाररत रहेका छन् । तीमध्ये २४० सघन उपचारकक्षमा, एचएफएनसीमा ४९, एचडीयुमा ६३ र आइसोलेसनमा १२७ जना रहेका छन् । जिल्लामा हालसम्म १० हजार १९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सक्रिय सङ्क्रमित दुई हजार ९०९ रहेका छन् । सक्रिय सङक्रमित २०० अस्पतालको आइससोलेशनमा र दुई हजार ७०९ होमआइसोलेशनमा छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सात हजार १४५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने  १४५ को मृत्यु भएको छ । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये चार हजार ३६७ महिला र पाँच हजार ८२७ पुरुष रहेका छन् ।