२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याजदर वृद्धिबारे तीनवटै सरकारी बैंकका प्रमुखहरुलाई बोलाएर अर्थमन्त्रीले सोधे स्पष्टीकरण



फाईल फोटो
अ+ अ-

काठमाडौँ ।अर्थमन्त्री डा.प्रकाशशरण महतले तीन वटा सरकारी बैंकका सीईओलाई भदौ महिनाका लागि आफू खुसी ब्याजदर वृद्धि गरेकोमा स्पष्टीकरण सोधेका छन् ।

पर्याप्त तरलता हुँदाहुँदैपनि थप ब्याजदर वृद्धि गरेर लगानीको वातावरण धुमिल बनाएको भन्दै अर्थमन्त्री महतले कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका सीईओलाई स्पष्टीकरण सोधेका हुन् ।

अर्थमन्त्री महतले सरकारी बैंकले नै किन सरकारको ब्याजदर घटाउने नीतिलाई असफल बनाउन खोजेको भन्दै कृषि बैंकका अध्यक्ष रामशरण पुडासैनीसँगै सीईओ गोविन्द गुरुङ, वाणिज्य बैंकका अध्यक्ष बलराम पाठक र सीईओ किरणकुमार श्रेष्ठ र नेपाल बैंकका अध्यक्ष ज्ञानप्रसाद ज्ञवालीसहित सीईओ कृष्णबहादुर अधिकारीलाई कारण सोधका हुन् ।

बैंकका प्रतिनिधिहरुले जवाफमा प्रतिस्पर्धी बजारमा निक्षेप जोगाउन ब्याजदर बढाउनुपरेको बताएका छन् । तर, निक्षेपमा ब्याजदर बढाएपनि कर्जामा भने ब्याजदर नबढाउने प्रतिबद्धता तीनवटै बैंकले गरेको स्रोतले बताएको छ । तर तीनवटै बैंकले कर्जामा भने ब्याजदर नबढाउने प्रतिबद्धता गरेका बताईएको छ।

बिहीबार बैंकहरुले भदौको लागि ब्याजदर बढाएको सूचना प्रकाशित गरेका थिए । जसमा नेपाल बैंकले साउनको तुलनामा भदौमा करिब २ प्रतिशतले ब्याजदर बढाएर मुद्दती निक्षेपमा १०.८९६ प्रतिशत बनाएको छ । कृषि विकास बैंकले पनि सोही ब्याजदर निर्धारण गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ९.९९० प्रतिशत बनाएको छ ।