२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भष्मे डन’को फस्ट लुक सार्वजनिक



अ+ अ-

काठमाडौं । विपिन कार्की स्टारर चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ को फस्ट लुक सार्वजनिक भएको छ ।

दशैंको फूलपातीको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको आज फस्ट लुक सार्वजनिक गरिएको हो ।

सेभेन सिज प्रालीले चलचित्रको विदेश रिलिजको सम्पूर्ण जिम्मा लिएको छ । चलचित्रको अमेरिकामा १२ सय शो, युकेमा ५ सय , अष्ट्रेलियामा ५ सय र क्यानडामा १ सय ५० शोको लागि बुकिङ भईसकेको छ । यस्तै, मध्ये पूर्वका देशहरुमा साढे ७ सय , जपानमा १ सय , युरोपका विभिन्न देशमा ५० शो र भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा समेत रिलिज पक्का भैसकेको छ ।

निर्माता खगेन्द्र लामिछानेको लेखन तथा दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर रहेका छन् ।

टुकी आर्टसको ब्यानरमा निर्माण भएको चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ ।