४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

‘गदर २’ को साता कलेक्सन: ३ सय करोड नजिक

‘गदर २’ को साता कलेक्सन: ३ सय करोड नजिक
अ+ अ-

एजेन्सी । सनी देवल स्टारर फिल्म ‘गदर २’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । गदर २’ ले रिलिजको पहिलो हप्तामै धेरै नयाँ रेकर्ड तोडेको छ । यो फिल्म अब ३ सय करोड कमाउन केही कदम मात्र टाढा छ । सातौं दिनको कमाईपछि ‘गदर २’ को बक्स अफिस कलेक्सनले २८३ करोड नाघेको छ ।

रिलिज भएको एक साता बितिसक्दा पनि भारतमा ‘गदर २’ का धेरै शो हाउसफुल भइरहेका छन् । समीक्षक र दर्शकहरुले पनि राम्रो प्रतिक्रिया दिईरहेका छन् । पहिलो दिन ४० करोडभन्दा बढीको व्यापार गरेको गदर २ ले सातौं दिन करिब २२ करोड कलेक्सन गरेको छ । ‘गदर २’ को पहिलो हप्ताको कुल कलेक्सन २८३.३५ करोड पुगेको छ ।

‘गदर २’ बन्यो सन् २०२३ को दोस्रो सर्वाधिक कमाउने फिल्म

शाहरुख खानको ‘पठान’पछि ‘गदर २’ ले बक्स अफिसमा सुनामी मच्चाएको छ । ‘गदर २’ ले भारतीय बक्स अफिसमा २०२३ को दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। फिल्मले ‘द केरला स्टोरी’को लाइफटाइम कलेक्शनलाई समेत उछिनेको छ । उक्त फिल्म २३८ करोड कलेक्शनका साथ दोस्रो नम्बरमा रहेको थियो ।

शुक्रबारको कलेक्शनपछि ‘गदर २’ ले ३०० करोड क्लबमा सामेल हुने बताइएको छ । अनिल शर्माको निर्देशन रहेको यो फिल्म २००१ को गदरको सिक्वेल हो । फिल्ममा सनी देवलसँगै अमिशा पटेल, उत्कर्ष शर्मा, मनिष वधवा, गौरव चोपरा लगायतको भूमिका रहेको छ ।