२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री श्रेष्ठको प्रश्न: देश बिग्रयो भनेर बस्ने कि बस्न लायक बनाउने ?



अ+ अ-

गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश बिग्रियो अब बन्दैन भन्ने परिभाषा बदल्नु पर्ने बताउनु भएको छ ।

गोरखाको अजिरकोट गाउँपालिकामा आयोजित जिल्ला अदालतबाट गरिएको न्यायिक समितिहरुको निरीक्षण प्रतिवेदनको प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ‘देश बन्दैन भन्ने भाष्य बनेको छ, यो परिवर्तन गर्नुपर्छ , देश बनाउनै पर्छ कुनै बिकल्प छैन ।’

कार्यक्रममा उहाँले भन्नुभयो ‘यति सुन्दर देशलाई बस्न उपयुक्त देश पनि बनाउनै पर्छ । देश सम्मुनत बनाउन सकिन्छ ।’

नागरिकले गर्व गर्न लायक देश बनाउनु पर्ने उल्लेख गर्दे उहाँले भन्नुभयो आएका समस्यालाई सकारात्मक रुपमा समाधान गर्नुपर्छ । उहाँले नागरिकले न्याय पाएको अनूभूति गर्नुपर्ने उल्लेख गर्दे संघको सरकारको गति र लय प्रदेश र स्थानीय सरकारले पनि समात्नु पर्ने बताउनु भयो ।