५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री श्रेष्ठको प्रश्न: देश बिग्रयो भनेर बस्ने कि बस्न लायक बनाउने ?



अ+ अ-

गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश बिग्रियो अब बन्दैन भन्ने परिभाषा बदल्नु पर्ने बताउनु भएको छ ।

गोरखाको अजिरकोट गाउँपालिकामा आयोजित जिल्ला अदालतबाट गरिएको न्यायिक समितिहरुको निरीक्षण प्रतिवेदनको प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ‘देश बन्दैन भन्ने भाष्य बनेको छ, यो परिवर्तन गर्नुपर्छ , देश बनाउनै पर्छ कुनै बिकल्प छैन ।’

कार्यक्रममा उहाँले भन्नुभयो ‘यति सुन्दर देशलाई बस्न उपयुक्त देश पनि बनाउनै पर्छ । देश सम्मुनत बनाउन सकिन्छ ।’

नागरिकले गर्व गर्न लायक देश बनाउनु पर्ने उल्लेख गर्दे उहाँले भन्नुभयो आएका समस्यालाई सकारात्मक रुपमा समाधान गर्नुपर्छ । उहाँले नागरिकले न्याय पाएको अनूभूति गर्नुपर्ने उल्लेख गर्दे संघको सरकारको गति र लय प्रदेश र स्थानीय सरकारले पनि समात्नु पर्ने बताउनु भयो ।