४ श्रावण २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान



file
अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान हुने भएका छन् ।

आगमी अगष्ट ३० देखी सुरु हुन लागेको एसिया कपमा २१ बर्षका रोहित सबैभन्दा कान्छा कप्तान हुन् । नेपालले रोहितको कप्तानीमा १७ सदस्य टोली घोषणा गरिसकेको छ ।

६ टोलीको सहभागीता रहने कपमा रोहितपछिो पाकिस्तानका कप्तान बाबर आजम कान्छा रहेका छन् । उनी २८ वर्षका भए ।

यस्तै, अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदी २८ र श्रीलंकाका कप्तान दासुन शानका ३२ वर्षका छन् । भारतका कप्तान रोहित शर्मा र बंगलादेशका कप्तान सकीब अल हसन भने ३६ वर्षका भए ।

एसिया कपको समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा अफगानिस्तान, बंगगलादेश र श्रीलंका रहेका छन् । एसिया कपको लागि नेपाल, पाकिस्तान र बंगलादेशले अन्तिम टोली घोषणा गरिसकेको छ भने भारत, श्रीलंका र अफगानिस्तानले टोली घोषणा गर्न बाँकी छ ।

आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले ३० अगष्टमा पाकिस्तान र ४ सेप्टेम्बरमा भारतसँग खेल्नेछ ।