• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान



file

काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान हुने भएका छन् ।

आगमी अगष्ट ३० देखी सुरु हुन लागेको एसिया कपमा २१ बर्षका रोहित सबैभन्दा कान्छा कप्तान हुन् । नेपालले रोहितको कप्तानीमा १७ सदस्य टोली घोषणा गरिसकेको छ ।

६ टोलीको सहभागीता रहने कपमा रोहितपछिो पाकिस्तानका कप्तान बाबर आजम कान्छा रहेका छन् । उनी २८ वर्षका भए ।

यस्तै, अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदी २८ र श्रीलंकाका कप्तान दासुन शानका ३२ वर्षका छन् । भारतका कप्तान रोहित शर्मा र बंगलादेशका कप्तान सकीब अल हसन भने ३६ वर्षका भए ।

एसिया कपको समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा अफगानिस्तान, बंगगलादेश र श्रीलंका रहेका छन् । एसिया कपको लागि नेपाल, पाकिस्तान र बंगलादेशले अन्तिम टोली घोषणा गरिसकेको छ भने भारत, श्रीलंका र अफगानिस्तानले टोली घोषणा गर्न बाँकी छ ।

आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले ३० अगष्टमा पाकिस्तान र ४ सेप्टेम्बरमा भारतसँग खेल्नेछ ।