२ भाद्र २०८३, मंगलवार
,
Latest
युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य स्थिर रहँदा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य स्थिर रहि बिहीबारकै भाउमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन हिजो कै मूल्य प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज तेजाबी सुन पनि यथावत रहि बिहिबारकै मूल्य प्रतितोला एक लाख ९ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।