२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक २२.११ अंकले ओरालो



अ+ अ-

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ । मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार पनि सोही गतिमा गिरावट भएर निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले गिरावट आएको छ । 

आज कारोबारमा आएका २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको खरिदबिक्री भएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको हो । मंगलबार ६ अर्ब रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

बुधबार १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ भने अन्य उपसमूहको सूचक शुन्य प्रतिशत भन्दामाथिले घटेको नेप्सेले जनाएको छ  ।

आज नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आए पनि लिबर्टी इनर्जी र आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य बढेको छ । तर यता बुद्धभूमि नेपाल हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक र विन नेपाल लघुवित्तको शेयरमूल्य घटेको छ । कारोबार रकमका आधारमा १८ करोड ६१ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर पहिलो स्थानमा रहेको छ । नेपाल टेलिकम, नेशनल हाइड्रोपावरको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।