२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट टोली न्युजिल्यान्डसँग युएई १९ रनले पराजित



अ+ अ-

एजेन्सी । टि२० आईको पहिलो खेलमा टेस्ट टोली न्युजिल्यान्डसँग युएई १९ रनले पराजित भएको छ । यससँगै युएईको घरेलु मैदानमा भएको तीन खेलको टि२० आईमा न्युजिल्यान्डले १-० ले अग्रता लिएको छ ।

जितको लागि न्युजिल्यान्डले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको युएई १९.३ ओभरमा १ सय ३६ रन बनाउदै अल आउट भयो । युएईको लागि डेब्यू गरेका युवा ब्याटर अर्यांश शर्माले अर्धशतकिय ईनिङ खेले । उनले ४३ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाए ।

युएईका ओपनर मोहम्मद वासिम डक आउट भए भने वृत्य अरविन्द्य र आसिफ खान १३/१३ रनमा आउट भए । अंश टन्डन १२, बासिल हामिद ५, अली नासिर १६ र आयन खान ५ रनमा आउट भए ।

न्युजिल्यान्डको जितमा टिम साउथीले सर्वाधिक ५ विकेट लिए । मिचेल सान्टनार र जेम्श निसमले दुई विकेट लिए भने कायल जेमिसनले एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो ।

न्युजिल्यान्डको लागि ओपनर टिम सिफर्टले सर्वाधिक ५५ रनको योगदान दिएका थिए । ओपनर चाद बोवेस शून्य रनमा क्याच आउट भएका थिए भने विकेटकिपर डेन क्लेभरलाई ४ रनमा आउट भए ।

यस्तै, मिचेल सान्टनार २ रनमै बोल्ड हुँदा मार्क च्यापम्यान १५ र जेम्श निशम २५ रनमा आउट भए ।

युएईको लागि जुनैद सिद्दिक र बासिल हामिदले बराबरी दुई विकेट लिए । जहुर खान र मोहम्मद फराजुदीनले समान एक विकेट लिए ।

अब दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार हुनेछ ।