२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा नदीले बगाउँदा एकको मृत्यु



अ+ अ-

जुम्ला । जुम्लाको हिमा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्न गएकी वडा नं ६ दाँतेओखर गाउँका १७ वर्षीया मैना सार्कीलाई नदीले बगाउँदा मृत्यु भएको स्थानीय कर वर्डले जानकारी दिनुभयो ।

हिमा नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहेकी थिइन् । त्यहीबेला नदीको छालले चिप्ल्याएर बगाउँदा घटना घटेको हो । नदीले लौडीसेबाट तीन सय मिटर तलसम्म बगाएपछि मैनाको मृत्यु भएको छ । नदीको बहाव अत्यधिक बढेको हुनाले उनलाई बचाउन सकिएन ।

मृतक बालिका उक्त पालिकाको पाण्डवगुफा मावि कोटघरमा कक्षा १० मा अध्ययनरत रहेको कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ । उनको शव कोटघर स्वास्थ्यचौकीमा राखिएको छ । शव परीक्षणका लागि जिल्लाबाट टोली आउँदै गरेको गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो । रासस