• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

नाङ्गो खुट्टा सिद्धिविनायक मन्दिर पुगे अमिताभ बच्चन



एजेन्सी । बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन हालै मुम्बईको सिद्धि विनायक मन्दिर पुगेका छन् । यस क्रममा सामाजिक सञ्जालमा धेरै भिडियो र तस्बिरहरु आएका छन् ।

भिडियोमा अमिताभ खाली खुट्टा गणपति बप्पाको आशीर्वाद लिन पुगेका छन् । ‘बिग बी’का छोरा अभिषेक बच्चनको आगामी फिल्म ‘घुमर’ को सफलताको लागि उनी पूजा गर्न गएको बताइएको छ ।

उनले बिना चप्पल कडा सुरक्षाबीच मन्दिरभित्र पूजा गरेका थिए । यसअघि अमिताभले आफ्नो ब्लगमार्फत आफ्नो छोराको आगामी स्पोर्ट्स ड्रामा फिल्म ‘घुमर’ हेरेको र यसबीचमा दुई पटक रोएको खुलासा गरेका थिए ।

अमिताभले आफ्नो ब्लगमा लेखेका छन्– ‘मैले घूमर देखेको छु, त्यो पनि लगातार दुई पटक आइतवार दिउँसो र फेरि राती । यो फिल्मबारे म केही भन्न सक्ने अवस्थामा छैन ।’