२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाङ्गो खुट्टा सिद्धिविनायक मन्दिर पुगे अमिताभ बच्चन



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन हालै मुम्बईको सिद्धि विनायक मन्दिर पुगेका छन् । यस क्रममा सामाजिक सञ्जालमा धेरै भिडियो र तस्बिरहरु आएका छन् ।

भिडियोमा अमिताभ खाली खुट्टा गणपति बप्पाको आशीर्वाद लिन पुगेका छन् । ‘बिग बी’का छोरा अभिषेक बच्चनको आगामी फिल्म ‘घुमर’ को सफलताको लागि उनी पूजा गर्न गएको बताइएको छ ।

उनले बिना चप्पल कडा सुरक्षाबीच मन्दिरभित्र पूजा गरेका थिए । यसअघि अमिताभले आफ्नो ब्लगमार्फत आफ्नो छोराको आगामी स्पोर्ट्स ड्रामा फिल्म ‘घुमर’ हेरेको र यसबीचमा दुई पटक रोएको खुलासा गरेका थिए ।

अमिताभले आफ्नो ब्लगमा लेखेका छन्– ‘मैले घूमर देखेको छु, त्यो पनि लगातार दुई पटक आइतवार दिउँसो र फेरि राती । यो फिल्मबारे म केही भन्न सक्ने अवस्थामा छैन ।’