२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पहिलोपटक ब्याडमिन्टन एशियाको प्रतियोगिता हुँदै



अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक ब्याडमिन्टन एशियाको आयोजनाको रूपमा ब्याडमिन्टन एशिया (साउथ एशिया) रिजनल च्याम्पियनसिप हुने भएको छ ।

ब्याडमिन्टनको डेभलपिङ राष्ट्रहरूमा यस खेलको प्रवद्र्धन र प्रतिष्पर्धा गर्ने उद्देश्यअनुरूप एशिया ब्याडमिन्टनले यो कार्यक्रम नेपालमा आयोजना गरेको हो ।

नेपाल ब्याडमिन्टन संघले शुक्रवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आगामी भदौ १ गतेदेखि पाँच गतेसम्म यु–१५ र यु–१७ साउथ एशिया रिजनल च्याम्यिनसिपमा गर्ने जनाएको छे । उक्त च्याम्पियनसिपमा यु–१५ र यु–१७ उमेरसमूहमा दक्षिण एशियाका ६ डेभलपिङ राष्ट्र नेपालसहित भूटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र पाकिस्तानका खेलाडीको चुनौति रहनेछ ।

प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मुख्यालयमा रहेको एपिएफ क्लवमा हुनेछ । यस च्याम्पियनससिपमा यु–१५ तर्पm गल्र्स सिंगल्स, ब्वाइज सिंगल्स, ब्वाइज डबल्स, गल्र्स डबल्स र मिक्स गरी पाँच विधामा प्रतिष्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । यु–१७ मा पनि गल्स सिंगल्स, ब्वाइज सिंगल्स, गल्र्स डबल्स, ब्वाइज डबल्स र मिक्समा प्रतिष्पर्धा हुनेछ । यी दुवै उमेर समूहमा टिम प्रतिष्पर्धा पनि हुने ब्याडमिन्टन संघले जनाएको छ ।

आयोजक नेपालबाहेक पाँच राष्ट्रबाट समान आठ खेलाडीले यस च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्न पाउने एशिया ब्याडमिन्टनकी ब्याडमिन्टन एशियाकी इभेन्ट म्यानेजर एनजी एन मुनले जानकारी दिनुभयो । आयोजक राष्ट्र भएकाले नेपालले भने १६ खेलाडीलाई खेलाउन पाउने भएको छ । ब्याडमिन्टन एशियाकी इभेन्ट म्यानेजर एनजी एन मुनले एशियामा रहेका ब्याडमिन्डनको अल्पविकसित राष्ट्रमा यस किसिमका कार्यक्रम शुरु गरिएको बताउनु भयो । व्यक्तिगत स्पर्धामा आयोजक राष्ट्रबाट तीन खेलाडीले एउटा स्पर्धामा प्रतिष्पर्धा गर्न पाउनेछन् । अन्य राष्ट्रका भने दुई खेलाडीको प्रतिष्पर्धा गर्न पाउने एशिया ब्याडमिन्टनले प्रावधान बनाएको छ । नेपालमा यो पहिलो रहेको र आगामी कार्यक्रम कम्बोडियामा हुने उनले उल्लेख गर्नुभयो ।

यस च्याम्पियनसिपबाट ओलम्पिक छात्रवृत्तिका लागि पनि छनोट गरिने एशिया ब्याडमिन्टनका सिनियर डेभलपमेण्ट म्यानेजर थानाबलान एरिकृष्णनले बताउनु भयो । यस कार्यक्रमबाट एशियाभरबाट २० जना छनोट हुने र जसमा प्रत्येक देशबाट समान एक गल्र्स र ब्वाइज समावेश हुने एरिकृष्णनले जानकारी दिनुभयो । छनोट भएका खेलाडीले ब्याडमिन्टनको पावरहाउसको रूपमा रहेको मलेसियामा अभ्यास गर्न पाउनेछन् । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले यो कार्यक्रम शुरुमा पाकिस्तानमा हुन लागेको र आफ्नै आग्रहमा नेपालमा ल्याइएको उल्लेख गर्दै यो च्याम्पियनसिपबाट नेपाली खेलाडीले धेरै फाइदा लिने विश्वास व्यक्त गर्नुभयो ।




भर्खरै