२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म ‘प्रदीप गिरी स्मृति लोक एवं लोकतन्त्र सेतु गाथा’ हुने भएको छ ।

प्रदीप गिरी पावन स्मृति आयोजक समितिले बिहीवार गिरीको पहिलो स्मृति दिवसमा लोक एवं लोकतन्त्र सेतु गाथा नाम दिएर काठमाडौंदेखि काशीसम्मको यात्रा गर्न लागेको जानकारी दिएको हो ।

भदौ २ गतेदेखि शुरु हुने यात्राको काठमाडौंको पशुपतिनाथ मन्दिरबाट काँग्रेस सभापति शेरबहादुर देउवाले समुद्घाटन र बिदाइ गर्नुहुने आयोजकले जनाएको छ । यात्रा काशीमा पुगेर समाप्त हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै स्व.गिरीका भ्राता शेखर गिरीले प्रदीप गिरी पीछडिएका व्यक्ति, दलित महिला, जनजातिको हक हीतका लागि आवाज उठाउने व्यक्ति भएको बताउनु भयो । उहाँले मधेसका मुद्दामा उहाँले मधेसीका माग पूरा नभएसम्म कुनै सम्झौता नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदीप गिरी पिछडिएका व्यक्ति, दलित महिला, जनजातिको हक हीतका लागि उहाँले जहिले पनि आवाज उठाउनु भयो । उहाँमा कुनै भय नै थिएन । मधेसको माग पूरा नभएसम्म उहाँले कुनै सम्झौता गर्नुभएन । आउने पिढीका लागि उहाँले एउटा ज्योति छरेर जानुभएको छ । उहाँ जे बोल्नुहुन्थ्यो त्यही गर्नुहुन्थ्यो ।’

गिरिका अनुयायीहरु स्व. गिरीलाई नेपाल–भारत मैत्रीका प्रमुख स्तम्भकारुपमा लिने गर्दछन् ।