१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा गोरु काट्ने र सामाजिक सञ्जालमा विद्वेष पैदा गर्ने घटना आपत्तिजनकः राप्रपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धरानमा गोरु काट्ने र सामाजिक सञ्जालमा विद्वेष पैदा गर्ने घटना आपत्तिजनक रहेको बताएको छ ।

सो पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै हिन्दुहरुको आस्था र विश्वासमाथि आघात पर्ने गरी सामाजिक सद्भाव खल्बल्याउने नियतबाट उक्त घटना गरिएको भन्दै राप्रपाले दुःख व्यक्त गरेको बताउनु भएको छ ।

‘बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वास माथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद र आपत्तिजनक छ ।’ विज्ञप्तीमा भनिएको छ ।

सामाजिक सदभाव खल्बल्याउने गरी भएका यस्ता गतिविधि प्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।

आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान रहेको बताउँदै सदियँदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट रहेको समेत प्रवक्ता श्रेष्ठले बताउनु भएको छ ।

यस्तै, राप्रपाले उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।