२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईमा नेपालीले जिते साढे ३ करोडको चिट्ठा



अ+ अ-

काठमाडौँ । यूएईमा काम गरिरहेका एक नेपालीलाई साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा परेको छ । २९ वर्षीय तुलसीले १० लाख दिराम बराबरको चिट्ठा जितेका हुन् ।

द गल्फ न्युज डटकमका अनुसार महजुजले आयोजना गर्ने साप्ताहिक चिट्ठाको शनिबार गरिएको १४१ औँ खेपमा उनी भाग्यशाली सावित भएका हुन् । उनले साढे एक वर्षदेखि चिट्ठाको टिकट खरिद गर्दै आइरहेको समाचारमा उल्लेख छ ।

तुलसी विगत ११ वर्षदेखि यूएईको निर्माण कम्पनीमा प्राविधिकको रूपमा काम गर्दै आइरहेका थिए । उनले इमेलमार्फत यो सुखद खबर पाएका थिए ।

जितेको रकमले अब नेपालमा नयाँ घर बनाउने योजना रहेको उनी बताउँछन् । यसअघि पनि नेपालका पदमले करिब ७१ करोड ७७ लाख ८२ हजार बराबरको तथा भरत बिकले झन्डै ३४ करोड ५० लाख नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेका थिए ।