१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईमा नेपालीले जिते साढे ३ करोडको चिट्ठा



अ+ अ-

काठमाडौँ । यूएईमा काम गरिरहेका एक नेपालीलाई साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा परेको छ । २९ वर्षीय तुलसीले १० लाख दिराम बराबरको चिट्ठा जितेका हुन् ।

द गल्फ न्युज डटकमका अनुसार महजुजले आयोजना गर्ने साप्ताहिक चिट्ठाको शनिबार गरिएको १४१ औँ खेपमा उनी भाग्यशाली सावित भएका हुन् । उनले साढे एक वर्षदेखि चिट्ठाको टिकट खरिद गर्दै आइरहेको समाचारमा उल्लेख छ ।

तुलसी विगत ११ वर्षदेखि यूएईको निर्माण कम्पनीमा प्राविधिकको रूपमा काम गर्दै आइरहेका थिए । उनले इमेलमार्फत यो सुखद खबर पाएका थिए ।

जितेको रकमले अब नेपालमा नयाँ घर बनाउने योजना रहेको उनी बताउँछन् । यसअघि पनि नेपालका पदमले करिब ७१ करोड ७७ लाख ८२ हजार बराबरको तथा भरत बिकले झन्डै ३४ करोड ५० लाख नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेका थिए ।