• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

मणिपुर हिंसाको अनुसन्धान ५३ सीबीआई अफिसरले गर्ने



Security personnel fire tear gas shells to disperse members of the Lamlai Kendra village volunteers force along and displaced villagers from Gwaltabi protesting to demand the withdrawal of central security forces and the right to access their homes in Gwaltabi, which were burned during ongoing ethnic violence in the state of Manipur, at Yaingangpokpi in Imphal East on August 16, 2023. (Photo by AFP)

एजेन्सी । भारतको सीबीआईले मणिपुर हिंसाका घटनाहरूको अनुसन्धान गर्न ५३ अधिकारीहरूको सूची तयार गरेको छ । जसमा २९ जना महिला रहेका छन् ।

यी अधिकारीहरूलाई देशभरका सीबीआई कार्यालयहरूबाट चयन गरिएको हो ।

यस्ता हिंसाका घटनामा प्रहरी नायव उपरीक्षकलाई अनुगमन अधिकारी बनाउन नमिल्ने भएकाले सीबीआईले तीनजना डीआईजी र एक प्रहरी उपरीक्षकलाई अनुसन्धानको सुपरिवेक्षण गर्न पठाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार डिआइजी अधिकारीहरुको नाम लवली कटियार, निर्मला देवी र मोहित गुप्ता रहेका छन् । सहनिर्देशक घनश्याम उपाध्यायले सम्पूर्ण अनुसन्धान प्रक्रियाको सुपरिवेक्षण गर्नेछन् । प्रहरी उपरीक्षक राजवीरले उनलाई रिपोर्ट गर्नेछन् ।

अधिकारीका अनुसार यस प्रकारको यति ठूलो संख्यामा महिला अधिकारी एकैसाथ सेवामा खटिएको पहिलो पटक हो । टोलीमा दुई अतिरिक्त महिला प्रहरी उपरीक्षक र ६ महिला नायब उपरीक्षक पनि छन् । यसका अलावा १६ जना निरीक्षक र १० जना सहायक निरीक्षक पनि टोलीमा रहनेछन् ।

सीबीआईलाई मणिपुर हिंसाका १७ वटा मुद्दा अनुसन्धानका लागि सुम्पिएको छ । सीबीआईले अहिलेसम्म ८ वटा मुद्दा दर्ता गरेको छ, जसमा दुई मणिपुरमा कथित महिला यौन दुर्व्यवहारसँग सम्बन्धित छन् ।

सीबीआईमा थप मुद्दा पनि आउन सक्ने अधिकारीहरूले बताएका छन् । यसमा विशेषगरी महिला दुव्र्यवहारका घटना, कुकी महिलाको भाइरल भिडियो समावेश हुनेछन् । यसका साथै गत अगस्ट ९ मा मेइती महिलाको सामूहिक बलात्कारको घटना बाहिर आएको थियो । यसको अनुसन्धान पनि सीबीआईलाई दिन सकिन्छ ।

मणिपुर हिंसामा अहिलेसम्म १ सय ६० भन्दा बढीको मृत्यु भइसकेको छ । जसमध्ये ५९ जना मे ३ देखि ५, २८ मे २७ देखि २९ र ९ जुन १३ मा मारिएका छन् । १६ जुलाईदेखि २७ जुलाईसम्म कुनै हिंसा भएको छैन ।