४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

मणिपुर हिंसाको अनुसन्धान ५३ सीबीआई अफिसरले गर्ने

मणिपुर हिंसाको अनुसन्धान ५३ सीबीआई अफिसरले गर्ने
Security personnel fire tear gas shells to disperse members of the Lamlai Kendra village volunteers force along and displaced villagers from Gwaltabi protesting to demand the withdrawal of central security forces and the right to access their homes in Gwaltabi, which were burned during ongoing ethnic violence in the state of Manipur, at Yaingangpokpi in Imphal East on August 16, 2023. (Photo by AFP)
अ+ अ-

एजेन्सी । भारतको सीबीआईले मणिपुर हिंसाका घटनाहरूको अनुसन्धान गर्न ५३ अधिकारीहरूको सूची तयार गरेको छ । जसमा २९ जना महिला रहेका छन् ।

यी अधिकारीहरूलाई देशभरका सीबीआई कार्यालयहरूबाट चयन गरिएको हो ।

यस्ता हिंसाका घटनामा प्रहरी नायव उपरीक्षकलाई अनुगमन अधिकारी बनाउन नमिल्ने भएकाले सीबीआईले तीनजना डीआईजी र एक प्रहरी उपरीक्षकलाई अनुसन्धानको सुपरिवेक्षण गर्न पठाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार डिआइजी अधिकारीहरुको नाम लवली कटियार, निर्मला देवी र मोहित गुप्ता रहेका छन् । सहनिर्देशक घनश्याम उपाध्यायले सम्पूर्ण अनुसन्धान प्रक्रियाको सुपरिवेक्षण गर्नेछन् । प्रहरी उपरीक्षक राजवीरले उनलाई रिपोर्ट गर्नेछन् ।

अधिकारीका अनुसार यस प्रकारको यति ठूलो संख्यामा महिला अधिकारी एकैसाथ सेवामा खटिएको पहिलो पटक हो । टोलीमा दुई अतिरिक्त महिला प्रहरी उपरीक्षक र ६ महिला नायब उपरीक्षक पनि छन् । यसका अलावा १६ जना निरीक्षक र १० जना सहायक निरीक्षक पनि टोलीमा रहनेछन् ।

सीबीआईलाई मणिपुर हिंसाका १७ वटा मुद्दा अनुसन्धानका लागि सुम्पिएको छ । सीबीआईले अहिलेसम्म ८ वटा मुद्दा दर्ता गरेको छ, जसमा दुई मणिपुरमा कथित महिला यौन दुर्व्यवहारसँग सम्बन्धित छन् ।

सीबीआईमा थप मुद्दा पनि आउन सक्ने अधिकारीहरूले बताएका छन् । यसमा विशेषगरी महिला दुव्र्यवहारका घटना, कुकी महिलाको भाइरल भिडियो समावेश हुनेछन् । यसका साथै गत अगस्ट ९ मा मेइती महिलाको सामूहिक बलात्कारको घटना बाहिर आएको थियो । यसको अनुसन्धान पनि सीबीआईलाई दिन सकिन्छ ।

मणिपुर हिंसामा अहिलेसम्म १ सय ६० भन्दा बढीको मृत्यु भइसकेको छ । जसमध्ये ५९ जना मे ३ देखि ५, २८ मे २७ देखि २९ र ९ जुन १३ मा मारिएका छन् । १६ जुलाईदेखि २७ जुलाईसम्म कुनै हिंसा भएको छैन ।