५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तराखण्डमा घर भत्किँदा दुई नेपालीको मृत्यु



अ+ अ-

काठमाडौँ । भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकले ज्यान गुमाएका छन् । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किएको थियो । घरमा सात जना बसिरहेका थिए । घटना लगत्तै उद्धारको काम सुरु गरिएको थियो ।

मृतकको नाम १९ वर्षीय अनमोल र २१ वर्षीय प्रिन्स भनेर मात्र खुलाइएको छ । उनीहरूमध्ये एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

उद्धार गरिएका अन्य पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । क्रसर उद्योग नजिक बनाइएको उक्त घरमा त्यहाँको कामदार बस्ने गरेका थिए ।