१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डब्लुएचओको दाबीः कोरोनाको आगामी भेरियन्ट झनै खतरनाक हुने



अ+ अ-

एजेन्सी । गत दुई वर्षदेखि कोरोना महामारीले विश्वमै आक्रान्त मच्चाइरहेको छ । यस भाइरसले कैयौं पटक म्युटेशन लिइसकेको छ, तर यसको केही भेरियन्ट भने मानिसको ज्यानै लिने तथा बढी संक्रामक समेत प्रमाणित भएको छ  । 

हालै विश्व स्वास्थ्य संगठन (WHO)की कोभिड–१९ टेक्निकल लिड मारिया वान केरखोवेले बताएकी छन् कि कोरोनाको नयाँ भेरियन्ट अझै बढी संक्रामक हुनेछ, किनभने उसलाई अवस्थित भेरियन्टलाई ओभरटेक गर्नुपर्ने हुन्छ । उक्त भेरियन्ट हल्का र गम्भीर दुबै प्रकारको हुने र त्यसले हाम्रो प्रतिरोधात्मक क्षमतालाई नष्ट गर्ने उनी बताउँछिन् । 

कसरी बन्छ कोरोनाको नयाँ भेरियन्ट ?
कुनैपनि भाइसर समयसँगै परिवर्तन हुँदै जान्छ, ताकि त्यो प्रकृतिमा बाँच्न सकोस् । धेरैजसो भाइरसले आफ्नो गुणहरुलाई त्यति परिवर्तन गर्दैनन्, तर केही भाइरस यस्ता पनि हुन्छन् जसलाई भ्याक्सिन र उपचारसँग लड्नका लागि स्वरुप परिवर्तन गर्नुपर्ने हुन्छ । मानिसहरुका लागि एक भेरियन्ट कतिसम्म खतरनाक हुन्छ, यसको आधारमा विश्व स्वास्थ्य संगठन (WHO) त्यसलाई ‘भेरियन्ट अफ कन्सर्न’  (VoC) अर्थात चिन्ताजनक भेरियन्ट घोषित गर्दछ । 

कोरोनाको कति प्रकारका भेरियन्टहरु छन् ?
अहिलेसम्म कोरोनाका ५ भेरियन्टहरु – अल्फा, बीटा, गामा, डेल्टा र ओमिक्रोन घोषित गरिएको छ । यी भेरियन्टहरु मानिसमा तीब्र गतिमा फैलिने, मानिसलाई गम्भीर रुपमा संक्रमित बनाउने र मृत्युसम्म गराउनेमा जिम्मेवार छन् । 

अल्फा भेरियन्ट (B.1.1.7) पहिलो पटक सेप्टेम्बर २०२० मा बेलायतमा पाइएको थियो । बीटा भेरियन्ट (B.1.351)  मे २०२० मा सर्वप्रथम दक्षिण अफ्रिकामा पाइएको थियो । यस्तै गामा भेरियन्ट (P.1) ब्राजिलमा नोभेम्बर २०२० मा भेटिएको थियो । 

नेचर जर्नलका रिपोर्ट अनुसार, यी तिनै भेरियन्टको म्युटेशन समान रहेका छन् । यी भेरियन्टले कमजोर प्रतिरक्षा प्रणाली भएकालाई निशाना बनाउँछन् र संक्रमण महिनौंसम्म रहन्छ । 

डेल्टा भेरियन्ट (B.1.617.2) अक्टुबर २०२० मा भारतमा पाइएको थियो । यो अल्फा भेरियन्ट भन्दा ६० प्रतिशत बढी संक्रामक रहेको छ, जसकारण वैज्ञानिक यसलाई ‘सुपर अल्फा’ समेत भन्ने गर्छन् । 

ओमिक्रोन भेरियन्ट (B.1.1.529) नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पाइएको थियो । ओमिक्रोनको स्पाइक प्रोटीनमा अन्य भेरियन्ट भन्दा धेरै म्युटेशन हुन्छ, जसकारण यो तीब्र गतिमा फैलिने गर्छ । स्पाइक प्रोटीनको सहायताले नै भाइरस मानिसको शरीरमा प्रवेश गर्छ । 

भविष्यमा दोस्रो भेरियन्ट आउने सम्भावना 
विश्व स्वास्थ्य संगठनकी एक्सपर्ट मारिया वान केरखोव बताउँछिन् कि ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट भने होइन । हामीले आगामी दिनमा पनि अन्य भेरियन्ट भेटिएको खबर सुन्न पाउनेछौँ । यद्यपि, अहिले नै यो भन्न सकिँदैन कि ती भेरियन्टहरु कुन प्रकारका म्युटेशन हुनेछन् । 

नेचर जनरलको एक रिपोर्ट अनुसार वैज्ञानिक जेमी ब्लूम बताउँछन्, ‘कोरोना भाइरस अहिल्यै अन्त्य हुँदैन । यो आन्तरिक स्टेजमा आउनेछ । अर्थात् भाइरस कमजोर हुनेछ र मानिसहरु योसँगै जिउन सक्नेछन् । यो एक आम रोग हुनेछ ।’

वैज्ञानिक एन्ड्रयु रम्बोट बताउँछन् – 'ओमिक्रोनको संक्रमण हल्का भएको कारण आगामी भेरियन्टलाई हल्का ठान्नुहुँदैन । यस्तो पनि हुन सक्नेछ कि आगामी भेरियन्ट धेरै खतरनाक पनि होला ।’