५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्न आवश्यक छ: वामदेव गौतम



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नु आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले नेपालको भू–सतह चलायमान रहेको उल्लेख गर्दै भू–सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने बताउनु भयो । अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँले जथाभावि जमिनमा खनजोत गर्नु नहुने भन्दै जतिधेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गर्नुभयो । गौतमले आगामी सोह्रौँ आवधिक योजनामा भौगर्भिक र भु–सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आजसम्म कुनैपनि योजनाले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गरेको पाइएन । के हो स्थिति हाम्रो ? अमेरिकामा जसरी फलाइन्छ यहाँ पनि त्यसैगरी फलाउन सकिन्छ, सकिँदैन ? भारतमा जसरी गर्न सकिन्छ नेपालमा सकिन्छ कि सकिँदैन ? भन्ने विषयमा ध्यान गएको पाइएन । हाम्रो देशको भू–सतह निरन्तर चलायमान अवस्थामा छ । संसारमा सबभन्दा पछि विकसित भएको भू–सतह हो हाम्रो । अरु ठाउँका जतिपनि प्लेटहरु छन्, त्यसमाथि जमिन छ । उनीहरु ५/६/१० अर्ब पहिले विकसित भएका छन् र हाम्रो देशको साढे ५ करोड वर्ष पहिलेको हो । यो भूकम्पको अवस्थामा पनि छ ।

यसलाई राम्ररी अध्ययन नगरीकन हामीले हाम्रो देशको पहाडको, ढुंगाको, माटोको प्रयोग गर्‍यौँ भने हामी निरन्तर असफल हुँदै जान्छौँ । जनधनको क्षति व्यहोरिरहनुपर्ने अवस्था आउँछ । यो विषयमा योजना आयोगले ध्यान दिनुपर्छ । छलफल गर्नुपर्छ भन्ने मेरो विचार हो । भू–सतह निरन्तर चलायमान छ भने त हलो जोत्न, ट्याक्टर चलाउन, डोजर हिडाएर बाटो खन्नु भएन । जति त्यसो गर्नुहुन्छ, त्यत्तिकै महामारी आउँछ । बाढी, पहिरो आउँछ । यस सम्बन्धमा ध्यानै गएको छैन । यस पटक सोह्रौँ योजनामा यो समावेश गर्नुपर्छ ।’

उहाँले नेपालमा उत्पादन भएका कृषि उपजको सही तरिकाले प्रयोग गर्न सके आत्मनिर्भर भइने बताउनु भयो । नेपालमा उत्पादित खाद्यान्नको सही तरिकाले उत्पादन गर्न नसक्दा देश बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।