४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

नेपालले भारतसँग १ लाख टन चामल माग्यो

नेपालले भारतसँग १ लाख टन चामल माग्यो
अ+ अ-

काठमाडौँ । नेपालले भारतबाट चामल मागेको छ । नेपालमा नजिकिँदै गरेको चाडपर्वको सिजनका लागि नेपालले खाद्यवस्तुको अभाव हुन नदिन यस्तो माग गरेको हो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गत साता भारतलाई चामल, चिनी र धान उपलब्ध गराउन आग्रह गरेका थिए ।

नेपालले भारतसँग एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान उपलब्ध गराउन माग गरेको छ ।

यो कुरा व्यापारीहरुलाई थाहा हुनेबित्तिकै उनीहरुले ठूलो परिमाणमा चामल जम्मा गर्न थालेका छन् । जसका कारण गैर–बासमती चामलको मूल्य बढेको छ । अर्कोतर्फ नेपालले भारतलाई टमाटर आपूर्ति गरिरहेको छ ।

भारतमा टमाटरको मूल्य आकाशिएको छ । यस्तो अवस्थामा नेपालले भारतलाई सहयोगको हात बढाएको छ । गर्मी र वर्षाका कारण भारतमा टमाटरको भाउ बढेको छ ।

जुलाई २० मा, भारतले चाडपर्वको सिजनमा घरेलु आपूर्ति बढाउन र खुद्रा मूल्यहरू नियन्त्रणमा राख्न गैर–बासमती सेतो चामलको आपूर्ति रोक्यो । भारतबाट आपूर्ति हुने करिब २५ प्रतिशत गैर–बासमती सेतो चामल रहेको छ । नेपालमा मुख्यतया चामल खाने भएकाले चामलको अभाव पूर्ति गर्न भारतबाट ठूलो हिस्सा चामल नेपाल भित्रिने गर्छ ।

नेपालले सन् २०२१ अप्रिलदेखि २०२२ मार्चसम्म भारतबाट अहिलेसम्मकै सबैभन्दा बढी १४ लाख टन चामल आयात गरेको थियो । जसमध्ये गैर–बासमती चामल १३.८ लाख टन र बासमती चामल १९ हजार टन रहेको छ ।

भारतको पश्चिम बंगाल धानको प्रमुख उत्पादक हो, जबकि महाराष्ट्र र कर्नाटकले भारतको ५० प्रतिशत भन्दा बढी दाल उत्पादन गर्दछ । भारत विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो ।