४ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण महिला फुटबलः एपिएफ विजयी क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भारतसँग १ लाख टन चामल माग्यो



अ+ अ-

काठमाडौँ । नेपालले भारतबाट चामल मागेको छ । नेपालमा नजिकिँदै गरेको चाडपर्वको सिजनका लागि नेपालले खाद्यवस्तुको अभाव हुन नदिन यस्तो माग गरेको हो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गत साता भारतलाई चामल, चिनी र धान उपलब्ध गराउन आग्रह गरेका थिए ।

नेपालले भारतसँग एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान उपलब्ध गराउन माग गरेको छ ।

यो कुरा व्यापारीहरुलाई थाहा हुनेबित्तिकै उनीहरुले ठूलो परिमाणमा चामल जम्मा गर्न थालेका छन् । जसका कारण गैर–बासमती चामलको मूल्य बढेको छ । अर्कोतर्फ नेपालले भारतलाई टमाटर आपूर्ति गरिरहेको छ ।

भारतमा टमाटरको मूल्य आकाशिएको छ । यस्तो अवस्थामा नेपालले भारतलाई सहयोगको हात बढाएको छ । गर्मी र वर्षाका कारण भारतमा टमाटरको भाउ बढेको छ ।

जुलाई २० मा, भारतले चाडपर्वको सिजनमा घरेलु आपूर्ति बढाउन र खुद्रा मूल्यहरू नियन्त्रणमा राख्न गैर–बासमती सेतो चामलको आपूर्ति रोक्यो । भारतबाट आपूर्ति हुने करिब २५ प्रतिशत गैर–बासमती सेतो चामल रहेको छ । नेपालमा मुख्यतया चामल खाने भएकाले चामलको अभाव पूर्ति गर्न भारतबाट ठूलो हिस्सा चामल नेपाल भित्रिने गर्छ ।

नेपालले सन् २०२१ अप्रिलदेखि २०२२ मार्चसम्म भारतबाट अहिलेसम्मकै सबैभन्दा बढी १४ लाख टन चामल आयात गरेको थियो । जसमध्ये गैर–बासमती चामल १३.८ लाख टन र बासमती चामल १९ हजार टन रहेको छ ।

भारतको पश्चिम बंगाल धानको प्रमुख उत्पादक हो, जबकि महाराष्ट्र र कर्नाटकले भारतको ५० प्रतिशत भन्दा बढी दाल उत्पादन गर्दछ । भारत विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो ।