४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

मत्स्यनारायणमा ८० हजारले गरे दर्शन

मत्स्यनारायणमा ८० हजारले गरे दर्शन
मत्स्यनारायण मन्दिर
अ+ अ-

भक्तपुर । यसअघिका मलमास लागेको वर्षमा स्थानीयको सामान्य पूजापाठमा सीमित चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा यस वर्ष भक्तजनको घुइँचो लागेको छ ।

ऐतिहासिक यस मन्दिरमा पहिलो पटक पुरूषोत्तम महिना ९मलमास० सुरु भएयता गएरातिसम्म पनि दर्शनार्थीको घुइँचो मात्रै बढेन एक महिनाको यो अवधिमा विभिन्न जिल्लाबाट आएका करिब ८० हजार भक्तजनले दर्शन एवं पूजा अर्चना गरेका छन् ।

मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ सुरु भएदेखि नै ओझेलमा पर्दै आएको यस मन्दिरमा यस वर्षदेखि भक्तजनको नजर परेको एकमहिने पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गरे के नहुँदो रहेछ र?, तीन सय वर्ष पुरानो यो मन्दिर ओझेलमा थियो, यहाँका मान्यगन्य, ज्येष्ठ नागरिकसँग सुझाव लियौँ, हामी युवा यहाँको प्रचारमा लाग्याँै, यो मन्दिरमा पहिलो पटक हरेक दिन दर्शनार्थीको घुइँचो देखेर हाम्रा अग्रजहरु पनि छक्क पर्नुभयो, यो मन्दिरको दीर्घकालीनरुपमा संरक्षण र विकासमा हामी लाग्नेछौँ ।”

स्थानीयस्तरबाटै महिना दिनसम्मका लागि प्रवचन र भजनकीर्तनका टोली ल्याएको, नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गरिएको, यहाँ आउने दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरेको जनाउँदै उहाँले भक्तपुरका चारवटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकलगायत विभिन्न ठाउँका दर्शनार्थीको मन्दिरमा भीड लागेको बताउनुभयो ।

मन्दिर संरक्षकसमेत रहनुभएका पुरीले भन्नुभयो, “यो तीन सय वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुन:निर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, सय वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”

ससाना तीन नदीको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामलेसमेत चिनिने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिसरमा मलमासमा यस वर्ष दर्शनार्थीको अधिक घुइँचो लागेको छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका विभिन्न रोग नाश हुने जनविश्वास रहँदै आएको छ ।

यस क्षेत्रमा प्राकृतिक सौन्दर्यता रहेको र यहाँ पार्क निर्माण गरेकाले बाह्रै महिना आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनुभयो । यस मन्दिरमा तीज र जनैपूर्णिमामा पनि मेला लाग्ने गरेको छ । बालाचर्तुदशीमा महाद्वीप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गरी सद्बिज छर्न पनि यहाँ घुइँचो लाग्ने गर्दछ ।

मन्दिरसम्म पुग्ने सडक कच्ची भएकाले यसलाई कालोपत्र गर्नसके उपत्यकाबाट नजिक पर्ने यस क्षेत्रमा पारिवारिकरुपमा घुम्न र रमाइलो गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या अझै बढ्ने भएकाले यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।

यसैगरी भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी ९ख्यो पुखु० मा पनि साउन २ गतेदेखि लागेको एकमहिने मत्स्यनारायण पुरुषोत्तम मलमास मेलामा स्थानीयले पूजा एवं दर्शन गरेका छन् । यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिएको थियो । यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेका छन् । रासस