२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको कार्यक्रममा अबदेखि केपी ओलीको मात्रै फोटो राखिने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले अबदेखि हुने पार्टीका सम्पूर्ण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्रै फोटो राख्ने भएको छ ।

गत सोमबार बसेको सचिवालय बैठकले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन, पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षको मात्रै फोटो राख्ने निर्णय गरेको थियो ।

सचिवालय बैठकले गरेको उक्त निर्णयबारे पार्टी सबै निकायलाई सर्कुलर पठाईसकेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

सचिवालय बैठकले एमालेले अब हुने सबै कार्यक्रममा केपी ओलीको बाहेक अन्य फोटो प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने, कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने, कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने निर्णय गरेको कुरा एमालेको केन्द्रीय उद्योग तथा बाणिज्य विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सार्वजनिक गरेका थिए ।

पार्टी अध्यक्ष ओलीले सामाजिक सञ्जालमा आएका सुझावलाई ध्यानमा राखेर मञ्च सञ्चालनसम्बन्धी नयाँ परिपाटीको थालनी गरेको पनि बताएका थिए ।