९ श्रावण २०८३, शनिबार
,
Latest
रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको कार्यक्रममा अबदेखि केपी ओलीको मात्रै फोटो राखिने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले अबदेखि हुने पार्टीका सम्पूर्ण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्रै फोटो राख्ने भएको छ ।

गत सोमबार बसेको सचिवालय बैठकले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन, पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षको मात्रै फोटो राख्ने निर्णय गरेको थियो ।

सचिवालय बैठकले गरेको उक्त निर्णयबारे पार्टी सबै निकायलाई सर्कुलर पठाईसकेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

सचिवालय बैठकले एमालेले अब हुने सबै कार्यक्रममा केपी ओलीको बाहेक अन्य फोटो प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने, कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने, कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने निर्णय गरेको कुरा एमालेको केन्द्रीय उद्योग तथा बाणिज्य विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सार्वजनिक गरेका थिए ।

पार्टी अध्यक्ष ओलीले सामाजिक सञ्जालमा आएका सुझावलाई ध्यानमा राखेर मञ्च सञ्चालनसम्बन्धी नयाँ परिपाटीको थालनी गरेको पनि बताएका थिए ।




भर्खरै