२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनी ट्र्यापमा पारी पैसा असुल्ने दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले हनी ट्र्यापमा पारी रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ ।

योजनाबद्ध तवरले केटीहरुको समूहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर पिडितलाई दवाबमुलक ढंगले मोलमोलाई गरी पैसा असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएका विशेष टोलिले घटनाका योजनाकार राजु खत्रीसहित दुई जनालाई प्रकाउ गरेको हो ।

उनीहरुले केटीहरुको समूहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोनको आदान-प्रदान गरी सम्पर्क समन्वय गराई केही पुरुष व्यक्तीहरुलाई प्रत्यक्ष भेटघाट गरेर झुठ्ठा मुद्दा लगाई फसाई दिने भन्दै पिडितलाई दवाबमुलक ढंगले मोलमलाई गरेको पाईएको छ । उनीहरुले पिडितबाट ४० लाख बराबरको रकम उल्लेख भएका ८ थान चेक काट्न लगाई रकम असुल गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।