२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो लिङ्ग आफैँले काटेर अस्पताल पुगेपछि…



अ+ अ-

काठमाडौँ । मकवानपुरको हेटौँडामा एक युवक आफ्नै गोप्य अंग (लिङ्ग) काटेर घाइते भएका छन् ।

गएराति मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कको होटलमा बसेका २२ नवीन हुमागाईँले आफ्नै लिङ्ग काटेर घाइते भएका हुन् ।

चिकित्सकका अनुसार उनी रातिको करिब १२ बजेतिर घाइते अवस्थामा आफै हेटौँडा अस्पताल पुगेका थिए ।

उनलाई राति नै चितवन रेफर गरिएको बताइएको छ । ती युवक मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँका भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले गएराति १० बजेतिर आँफै लिङ्ग काटेका थिए । उनले प्रहरीसमक्ष आफ्नो लिङ्ग आँफै काटेको बयान दिएका छन् ।