२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो वर्षको दोस्रो धेरै कमाई गर्ने फिल्म बन्यो ‘गदर २’



अ+ अ-

एजेन्सी । सनी देवल स्टारर फिल्म ‘गदर २’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले विभिन्न रेकर्डहरु समेत राखेको छ । फिल्मले बुधबार ३२.३७ करोड कमाएको छ । मात्र ६ दिनमा फिल्मको कुल कमाई २६१.३५ करोड पुगेको छ ।

योसँगै गदर–२ शाहरुख खानको ‘पठान’पछि २०२३ को दोस्रो धेरै कमाउने हिन्दी फिल्म बनेको छ । फिल्मले ‘द केरला स्टोरी’को लाइफटाइम कलेक्शनलाई समेत उछिनेको छ । उक्त फिल्म २३८ करोड कलेक्शनका साथ दोस्रो नम्बरमा रहेको थियो ।

गदर २ रिलिज भएको एक साता पनि भइसकेको छैन, यसले यो वर्षका धेरै ठूला चलचित्रलाई पछि पारेको छ ।

अनिल शर्माको निर्देशन रहेको यो फिल्म २००१ को गदरको सिक्वेल हो । फिल्ममा सनी देवलसँगै अमिशा पटेल, उत्कर्ष शर्मा, मनिष वधवा, गौरव चोपरा लगायतको भूमिका रहेको छ ।

यो वर्ष सबैभन्दा बढी कमाई गर्ने हिन्दी फिल्महरु –
पठान – ५४३.०५ करोड
गदर २ – २६१.३५ करोड
द केरला स्टोरी – २३८.९७ करोड
तू झूठी में मक्कार – १४९.०५ करोड
आदिपुरुष – १४१.०८ करोड
रकी–रानी की प्रेम कहानी – १३९.४२ करोड
किसीका भाई किसीकी जान ११०.५३ करोड