५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिर्के खोलाको दायाँबायाँ गाडियो पाँच सय पिल्लर



फिर्के खोला
अ+ अ-

कास्की । कास्कीको पोखरास्थित बजारका मध्यभाग भएर बग्ने फिर्के खोलाको सिमाङ्कन अन्तिमचरणमा पुगेको छ ।

पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ गतेदेखि सिमाङ्कन गर्न सुरु गरेको थियो । वडानं १७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सिमाङ्का वडानं १८ बेँसीटोल पुगेको छ ।

यस कार्यको नेतृत्व गरिरहनुभएका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म सिमाङ्कन भएको क्षेत्रमा पाँच सय बढी पिल्लर तथा चिन्ह् खोलाको दायाँबायाँ गाडिएका छन् । उहाँले भन्नुभयो,“फिर्के खोलाको सिमाङ्कनको काम अब धेरै बाँकी छैन । हामी छिट्टै यसलाई सम्पन्न गर्दछौँ । ” सर्वेक्षक पौडेलका अनुसार अब पाँच सय मिटर क्षेत्रमा मात्र काम बाँकी रहेको छ ।

पहिलो चरणमा खोलाको भाग यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजनाअन्तरगत फिर्के खोलाको संरक्षण, सम्बद्र्धन र सुन्दरताकोे कार्यक्रम सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार यसलाई फिर्के कोरिडोरको रूपमा विकास गरिने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ ।

महानगर प्रमुख आचार्यले भन्नुभयो, “सिमाङ्कन प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाले खोलाको मापदण्ड तोक्छ । त्यसपछि मापदण्ड विपरीत बनेका संरचना हटाउँछौँ र आवश्यक पूर्वाधार निर्माण गछौँ ।”पोखराको मध्यभाग भएर बग्ने फिर्केमा मानवीय अतिक्रमण बढेको छ । खोलाको मापदण्डभित्र व्यक्तिगत तथा सार्वजनिक भवन बनाइएका छन् ।

बर्खायाममा खोलामा पानीको बहाव बढ्दा मापदण्ड विपरितका संरचनाका कारण कटान र डुबानको समस्या आउने गरेको छ । महानगरका अनुसार फिर्केमा अतिक्रमित संरचना हटाइसकेपछि पर्यटन विकास परियोजना लागू हुनेछ । सिमाङ्कन टोलीमा इञ्जीनीयर, सर्वेक्षक र अमिनसहित ४० जना परिचालित छन् । पोखरा–१८ स्थित सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएर प्रस्याङ, मालेपाटन, बुलौँदी हुँदै फिर्केखोला फेवातालमा गएर मिसिन्छ । रासस