३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलव वृद्धि गर्न राष्ट्रपतिको आदेश



अ+ अ-

एजेन्सी । सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलव बढाउन आदेश दिएका छन् ।

मंगलवार सिरियाली सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरुको तलव बढाउन आदेश दिएका हुन् । राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरुको लागि सन् २०११ पछि नवौं पटक तलव वृद्धि भएको हो ।

अहिले देशको आर्थिक अवस्था संकटमा छ । यो निर्णय हुनुअघि निजामति कर्मचारीको मासिक तलव १० देखि १५ अभेकिरी डलरसम्म थियो । सिरियाली आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीको लागि डिजलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशले बढाएको छ ।

इन्धनको मूल्यवृद्धिका कारण बुधवार धेरै बस चालकहरु काममा नगएपछि सडकमा यात्रुहरु अलपत्र परेका थिए । इन्धनको मूल्यवद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ । खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ ।