२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलव वृद्धि गर्न राष्ट्रपतिको आदेश



अ+ अ-

एजेन्सी । सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलव बढाउन आदेश दिएका छन् ।

मंगलवार सिरियाली सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरुको तलव बढाउन आदेश दिएका हुन् । राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरुको लागि सन् २०११ पछि नवौं पटक तलव वृद्धि भएको हो ।

अहिले देशको आर्थिक अवस्था संकटमा छ । यो निर्णय हुनुअघि निजामति कर्मचारीको मासिक तलव १० देखि १५ अभेकिरी डलरसम्म थियो । सिरियाली आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीको लागि डिजलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशले बढाएको छ ।

इन्धनको मूल्यवृद्धिका कारण बुधवार धेरै बस चालकहरु काममा नगएपछि सडकमा यात्रुहरु अलपत्र परेका थिए । इन्धनको मूल्यवद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ । खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ ।