२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज तीन संसदीय समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज संघीय संसद्अन्तर्गतका तीन वटा समितिको बैठक बस्दैछ ।

आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालय भवनमा बस्ने गरी सार्वजनिक लेखा समितिको बैठक १ बजेलाई बोलाइएको सचिवालयले जनाएको छ ।

यस्तै, दिगो विकास तथा सुशासन समितिको बैठक ११ बजेलाई बोलाईएको छ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११:३० बजे बस्नेछ ।