२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल—भारत सम्बन्ध थप उचाईमा पुर्‍याउनेछौँ: राजदुत श्रीवास्तव



अ+ अ-

काठमाडौं । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपालसँगको भारतको सम्बन्धलाई हिमालय झैँ उचाइमा पुर्‍याउने काम गरिरहेको बताउनुभएको छ ।

बुधवार नेपाल—भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि चलिरहेको र अझै सम्बन्ध बिस्तार गर्दै जान भारत अघि बढीरहेको बताउनु भयो । उहाँले केही समयअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा पनि भारत र नेपालबीचको सम्बन्ध बढाउन नै बढी जोड दिएको बताउनु भयो । उहाँले दुई देश बीचको सम्बन्ध बिस्तारले अर्थ व्यवस्था र व्यापार व्यवसायलाई बढाउँदै लैजानुपर्नै बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीबीचको मित्रताको सम्बन्ध सदियौँदेखि चलिरहेको छ । दुई देशबीचका जनताको महत्वपूर्ण सम्बन्ध सांस्कृतिक आधारमा बनेको छ । हाम्रो प्रयास यो सम्बन्धलाई हामी अगाडि झनै राम्रो बनाउनेछाँै । दुई महिना पहिला मात्रै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण भएको थियो । दुवै देशको सम्बन्ध थप बिस्तार गर्न प्रयास गरेका थियौँ । हामीले सो बेलामा सम्बन्धलाई थप मजबुत बनाउने काम गरेका छाैं ।

दुई देशबीचको सम्बन्ध अब झनै सुपरहिट हुनेछ भनेर प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको थियो । नेपालबाट भारत जाने नदीलाई इनल्याण्ड वाटरबेसको प्रयोग गर्नुपर्छ । साथै दुवै देशको बीचमा अर्थ व्यवस्थाको कुरा र व्यापारको कुरा अघि बढ्नेछ । हामीले नयाँ तेलको पाइपलाइनको कुरा हामीले अघि बढाएका छौँ । भारत र नेपालको सम्बन्धलाई हिमालय झैँ उचाईमा पुर्‍याउन हामी लागेका छौँ ।’

उहाँले भारत अबको ५ वर्षमा विश्वको तेस्रो ठूलो अर्थ व्यवस्था भएको मुलुक बन्ने दाबी गर्नुभयो ।




भर्खरै