२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका वहाब रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए



अ+ अ-

एजेनसी । पाकिस्तानी टिमका बायाँ हाते फास्ट बलर वहाब रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । वहाबले बुधबार ट्वीट गरेर यो जानकारी दिएका हुन् । यद्यपि, ३८ वर्षीय वहाबले अझै पनि विश्वभरका टी–२० लिग खेल्न जारी राख्ने बताए ।

वहाबले पाकिस्तानका लागि ९१ एकदिवसीय, २७ टेस्ट र ३६ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटको कुरा गर्दा उनले पछिल्लो पटक सन् २०२० मा न्युजिल्यान्डविरुद्ध टी–२० खेल खेलेका थिए । हालै पाकिस्तान बोर्डले एसिया कप २०२३ को लागि टोली घोषणा गरेको थियो, जसमा वहाबको नाम समावेश गरिएको थिएन ।

रियाजले सन् २००८ मा पाकिस्तानका लागि डेब्यु गरेका थिए । आफ्नो करियरमा उनले २७ टेस्ट, ९१ एकदिवसीय र ३६ टी–२० अन्तर्राष्ट्रिय खेले । सन् २०२० मा उनले अन्तिम पटक पाकिस्तानबाट टी–२० खेल्ने मौका पाएका थिए ।

उनले टेस्टमा ८३, एकदिवसीयमा १२० र टी–२० मा ३४ विकेट लिएका छन् । वहाबले अन्तर्राष्ट्रिय क्रिकेटमा १२०० रन बनाएका छन् । उनले कुल २३७ अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।