९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका वहाब रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए



अ+ अ-

एजेनसी । पाकिस्तानी टिमका बायाँ हाते फास्ट बलर वहाब रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । वहाबले बुधबार ट्वीट गरेर यो जानकारी दिएका हुन् । यद्यपि, ३८ वर्षीय वहाबले अझै पनि विश्वभरका टी–२० लिग खेल्न जारी राख्ने बताए ।

वहाबले पाकिस्तानका लागि ९१ एकदिवसीय, २७ टेस्ट र ३६ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटको कुरा गर्दा उनले पछिल्लो पटक सन् २०२० मा न्युजिल्यान्डविरुद्ध टी–२० खेल खेलेका थिए । हालै पाकिस्तान बोर्डले एसिया कप २०२३ को लागि टोली घोषणा गरेको थियो, जसमा वहाबको नाम समावेश गरिएको थिएन ।

रियाजले सन् २००८ मा पाकिस्तानका लागि डेब्यु गरेका थिए । आफ्नो करियरमा उनले २७ टेस्ट, ९१ एकदिवसीय र ३६ टी–२० अन्तर्राष्ट्रिय खेले । सन् २०२० मा उनले अन्तिम पटक पाकिस्तानबाट टी–२० खेल्ने मौका पाएका थिए ।

उनले टेस्टमा ८३, एकदिवसीयमा १२० र टी–२० मा ३४ विकेट लिएका छन् । वहाबले अन्तर्राष्ट्रिय क्रिकेटमा १२०० रन बनाएका छन् । उनले कुल २३७ अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।