४ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण महिला फुटबलः एपिएफ विजयी क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशनरत व्यक्तिहरुको मानव अधिकारको रक्षा गर्न आयोगको आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत व्यक्तिहरुको मानव अधिकारको रक्षा गर्न आग्रह गरेको छ ।

विगत लामो समयदेखि काठमाडौँस्थित माइतिघर मण्डलामा दोषीलाई कानुनी कारबाहीको माग राखी निरन्तर अनशनमा रहेका व्यक्तिहरुको मानव अधिकार अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

निरन्तर अनशनका कारण व्यक्तिको स्वास्थ्यमा पर्नसक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्याको समाधान गर्न, दुवै पक्षको मागको न्यायोचित सम्बोधन गरी अनसरत व्यक्तिहरूको मानव अधिकारको रक्षा गर्न आयोग सरकारलाई आयोगले आग्रह गरेको छ ।

यस्तै आयोगले अनशरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेको जनाउँदै दोषीलाई कानुनी कारबाहीको मागको विषय न्याय र मानव अधिकारसँग प्रत्यक्ष सरोकारको विषय रहेको बताएको छ ।

आयोगका प्रवक्ताम टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ – विगत लामो समयदेखि काठमाडौँस्थित माइतिघर मण्डलामा दोषीलाई कानुनी कारबाहीको माग राखी निरन्तर अनशनमा रहेका व्यक्तिहरुको मानव अधिकार अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको छ ।

धनुषाकी आरति साहको मृत्युको घटनाका दोषीलाई शीघ्र कारवाही हुनुपर्ने माग राखी करिब दुई महिनादेखि मृतक साहका आफन्तहरू र वैवाहिक बलात्कारको आरोपका दोषीलाई प्रभावकारी कारवाहीको माग गर्दै आरति रावल अनशन बसीरहेको, वर्षात्को समयमा निरन्तर अनशनमा बसेका कारण अनशनरत व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको अनुगमनको क्रममा पाइएको छ । अनशरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेकोे छ । दोषीलाई कानुनी कारबाहीको मागको विषय न्याय र मानव अधिकारसँग प्रत्यक्ष सरोकारको विषय हो ।

अतः निरन्तर अनशनका कारण व्यक्तिको स्वास्थ्यमा पर्नसक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्याको समाधान गर्न, दुवै पक्षको मागको न्यायोचित सम्बोधन गरी अनसरत व्यक्तिहरूको मानव अधिकारको रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।