१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्यास फिर्ता लिँदै टोलीमा फर्किए अलराउन्डर स्टोक्स



अ+ अ-

एजेन्सी । इंग्ल्याण्डलाई पहिलो एकदिवसीय विश्वकप जिताउने अलराउन्डर बेन स्टोक्सले सन्यास फिर्ता लिएर टिममा फर्किएका छन् । उनी न्यूजिल्याण्ड भ्रमणका लागि इंग्ल्याण्डको टोलीमा छनोट भएका हुन् ।

स्टोक्सले १८ जुलाई २०२२ मा आफ्नो सन्यासको घोषणा गरेका थिए । यसबाहेक टिममा फास्ट बलर गुस एट्किन्सन नयाँ अनुहार छन् ।

३२ वर्षीय स्टोक्स यसै महिना सन्यासबाट फर्कने विश्वका तेस्रो अन्तर्राष्ट्रिय क्रिकेटर बनेका छन् । उनीअघि तमिम इकबाल र मोइन अली आ–आफ्नो सन्यासबाट फिर्ता भइसकेका छन् ।

स्टोक्सको पुनरागमन इङ्लिस क्रिकेटका लागि विशेष छ किनभने उनी भारतमा हुने एकदिवसीय विश्वकपमा गेम चेन्जर साबित हुन सक्छन् । पछिल्लो एकदिवसीय विश्वकपमा पनि स्टोक्सले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले फाइनल खेलमा ८४ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

सन् २०१९ को एकदिवसीय विश्वकपमा इङ्ल्यान्डलाई पहिलो उपाधि जिताउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले ११ खेलमा ५ अर्धशतक सहित ४६५ रन बनाए । यति मात्र होइन, उनले ७ विकेट पनि लिए । स्टोक्सले फाइनल खेलमा ८४ रनको उपयोगी इनिङ खेले । उनी खेलको प्लेयर अफ द म्याच भए ।