१९ माघ २०८१, शनिबार
,
Latest
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति शर्मा र चिनियाँ सैन्य अधिकारी विच भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल युई एन दे बीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ । मेजर जनरल एन दे को नेतृत्वमा ८ सदस्यीय टोली आजै नेपाल भ्रमणको लागि आएको हो ।

उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागर बहादुर थापाले स्वागत गर्नु भएको थियो । ५ दिवसीय भ्रमणको दौरान उक्त टोलीले श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, श्री सैनिक संग्रहालय लगायतका सैनिक ईकाईहरूका साथै काठमाडौं र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको भ्रमण गर्नेछ ।

यस किसिमको भ्रमणले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्‍वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।