४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

नेपालमा प्रत्येक चारमध्ये एक जनामा पुड्कोपना

नेपालमा प्रत्येक चारमध्ये एक जनामा पुड्कोपना
अ+ अ-

काठमाडौँ । नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो । विज्ञहरुका अनुसार बालबालिकाको खानपानमा कमी र उमेर अनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०२२ को तथ्याङ्क अनुसार नेपालमा प्रत्येक चार जनामध्ये एक जनामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताउनु भयो । नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक एक सय जनामध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवार सचेत हुँदा पुड्कोपनामा सुधार आउने बताउनु भयो ।

थापाले भन्नुभयो, ‘सन् २०१६ को नेपाल स्वास्थ्य जनसांख्यिक सर्भेको तुलनामा अहिले सन् २०२२ मा पुड्कोपनामा सुधार भएको देखिन्छ । सन् २०१६ मा ३६ प्रतिशत थियो भने अहिले घटेर २५ प्रतिशतमा आएको छ । पाँच वर्षमुनिका प्रत्येक एक सय जना बालबालिका मध्ये अहिले २५ जनामा अर्थात प्रत्येक चार जनामध्ये एक जना बालबालीकामा पुड्कोपना छ । तथ्याङ्कले पुड्कोपनामा सुधार भएको देखाउँछ । पुड्कोपना, ख्याउटेपना, कम तौल भनेर भन्छौं त्यो चाहीँ पोषणमा सुधार भयो । पोषण भन्दा बित्तिकै बहुआयामिक विषय हो । खानपान, सरसफाई, खाद्यान्नको उपलब्धतामा सुधार हुने विषय भित्र पर्छ । घर परीवार सचेत हुँदापनि पोषणमा सुधार आउँछ ।’

उहाँले पुड्कोपना दीर्घकालीन कुपोषणको संकेत रहेको भन्दै यसलाई कम गर्न खानपानमा सुधार ल्याउनुपर्ने बताउनु भयो । थापाले आमाले गर्भमा हुँदा खानपान र सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, ६ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुुपर्ने बताउनु भयो ।

पुड्कोपना हुन नदिन ७५३ स्थानीय तहमै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको । विभागका अनुसार आमा स्वास्थ्य चौकीमा जाँदा बच्चाको तौल, उचाई, आमाको स्वास्थ्य अवस्था, पोषण लगायतबारे जानकारी लिने गरिन्छ । थापाले स्थानीय स्तरमा नै उत्पादन भएका खानेकुराबारे उचित किसिमको परामर्श दिने गरेको बताउनु भयो ।

लामो समयसम्म खानपान नपुग्ने अर्थात् खाद्य असुरक्षापनि पुड्कोपनाको कारण रहेको भन्दै खाद्य असुरक्षाका कारण कर्णालीमा ४४ प्रतिशत बच्चाहरुमा पुड्कोपना रहेको बताउनु भयो । उहाँले सरकारले पुड्कोपना न्युनिकरण गर्न कर्णाली प्रदेशका पाँच वटा जिल्ला (हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु) मा ‘फर्टिफाईड फ्लोर’ उपलब्ध गराउँदै आएको र सरकारले ६ देखि २ बर्षमुनीका वच्चा, गर्र्भवति र ४५ दिनसम्मका सुत्केरीलाई फर्टिफाईड फ्लोर’ वितरण गर्दै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बच्चा जन्मिसकेपछि बच्चाको उमेर अनुसारको बच्चालाई खानेकुराको आवश्यकता पर्छ । उमेर अनुसारको खानेकुरा आवश्यकता पर्ने हुँदा त्यो खानेकुराहरु बच्चालाई तीन पटक, चार पटक, चार पटक जति खानुपर्ने हुन्छ । बच्चाले खानुपर्ने समयमा खान पाएन, पाएपनि जति मात्रामा चाहिने हो, त्यो मात्रामा लामो समयसम्म खान पाएन भने वा पर्याप्त मात्रामा खानेकुरा पुगेन भने पुड्कोपनाको विकास हुन्छ । बालबालिकालाई घरमा नै उपलब्ध भएको आहार खुवाउनुपर्छ । बालबालिकाको जन्मेदेखि दुई वर्षसम्म प्रत्येक महिना वृद्धि अनुगमन गर्छौं । प्रत्येक आमाले बच्चालाई स्वास्थ्य सस्ंथामा लिएर आउँदा ग्रोथ मनिटरिङ कार्ड लिएर आउन भन्छौं ।

ग्रोथ मनिटरिङ कार्ड हरियो, पहेँलो र रातो हुन्छ । बच्चाको वृद्धि र विकास हुने जुन क्रम छ । कति उचार्ई हुनुपर्ने ? कति तौल हुनुपर्ने ? बच्चा बढेको छ की छैन ? प्रष्टसँग हेर्न सकिन्छ । ग्रोथ मनिटरिङ कार्ड एउटा टुल हो । र, यो स्वास्थ्य संस्थामा आएपछि हेरिन्छ । र, त्यसपछि आवश्यकता अनुसार खानपानको बारेमा परामर्श दिने काम भइरहेको छ । वृद्धि अनुगमनका लागि आमाले बच्चालाई स्वास्थ्य संस्थामा लिएर महिनामा एक पटकका दरले आउनुपर्छ । एक पटक पुड्को भइसकेपछि फेरि कुनैपनि किसिमको खानेकुरा खुवाएर फेरि अग्लो बनाउन सकिँदैन । अहिलेसम्म विश्वमा कुनैपनि यस्तो प्रविधि छैन की एकपटक पुड्कोपना भइसकेपछि फेरि अग्लो बनाउन सकिँदैंन । ख्याउटेपना,दुब्लोपनालाई सही खानपान गराएर सुधार गर्न सकिन्छ । पुड्कोपना हुन नदिन सरोकारवालाको भुमिका अग्रणी रहन्छ । पोषण बहुआयामिक क्षेत्र भएकाले सबैको भुमिका उत्तिकै महत्वपूर्ण छ । बालबालीका र महिलामा लगानी गर्नु भनेको एक रुपैंया लगानी गरियो भने ३५ रुपैयाँसम्मको प्रतिफल दिन्छ भनेर विभिन्न अध्ययन अनुसन्धानमा देखाएको विषय छ ।’

त्यसैगरी पोषणविद् विनिता पन्तले पुड्कोपना हुन नदिन मातृ पोषण कार्यक्रम आवश्यक रहेको बताउनु भयो । उहाँले गर्भास्थामा आमालाई र बच्चा जन्मिसकेपछि बच्चालाई पोषणको अभाव हुन नदिए पुड्कोपनाको समस्या नआउने बताउनु भयो । उहाँले बच्चालाई पर्याप्त मात्रामा पौष्टिक तत्व पुग्नुपर्ने बताउनु भयो । पन्तले स्थानीयस्तरमा जनप्रतिनिधिले समेत पोषण व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । बच्चालार्ई पौष्टिक तत्व पर्याप्त दिनुपर्ने भन्दै घरपरीवारको आमा, बुबामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामापनि पुड्कोपनाको समस्या देखिन सक्ने बताउनु भयो ।

पन्तले भन्नुभयो, ‘पुड्कोपनाको समस्या भनेको आमाको समस्याबाट नै जाने गर्छ । आमा, बुबामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामापनि पुड्कोपनाको समस्या देखिनसक्छ । त्यसका लागि मातृ पोषण कार्यक्रम आवश्यक हुन्छ । बच्चा आमाको गर्भावस्थामा रहँदा आमाले खानेकुरा कति सुुरक्षित छन् ? कति पौष्टिक तत्व पुगेको छ ? त्यसलार्ई एकदमै ध्यान दिनुपर्ने हुन्छ । बच्चा जन्मिसकेपछि हामीले खुवाउने खानेकुरा कस्तो छ ? आमाले सुत्केरी अवस्थामा कति खानेकुरा पाउनुभएको छ ? त्यो कुरालाई सरकारलेपनि ध्यान दिनुपर्ने हुन्छ । र, घरको परिवार वा जनप्रतिनिधिले पनि कसरी व्यवस्थापन गरिरहेको छ ? त्यसमा पनि भर पर्ने कुरा हो ।’

सरोकारवालाहरुले पोषण बहुआयामिक क्षेत्रसँग जोडिएकाले पोषणमा सुधार ल्याउन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने औंल्याएका छन् ।